नेपालगन्जमा प्रहरी माथि खुकुरी प्रहार


सेतोखरी सेतोखरी   सोमबार, भदौ १८, २०८०

अस्ट्रेलिया १८ भदौ : युवाहरुको समुहले नेपालगन्जमा एक प्रहरी माथि खकुरी प्रहार गरेको छ । युवाहरुको समुहले नेपाल प्रहरीका बरिष्ठ सई बिनोद सिंह माथि गए राती खुकुरी प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, बरिष्ठ सइ सिंहलाई आइतबार राती साढे १० बजे तिर नेपालगन्जको कलपतरु होटल नजिक युवाहरुले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

स्कुटीमा हिंडिरहेका सिंह कलपतरु होटल नजिक पुगेको बेला मोटरसाईकलमा आएका दुई जना युवाले स्कुटी रोकी विवाद गरेर उनीमाथि खुकुरीले आक्रमण गरेको बाँके प्रहरीले सेतोखरीलाई जानकारी दिएको छ ।

प्रहरीका अनुसार, नेपालगन्ज कोरियनपुरका दिपेन्द्र अधिकारी र जानकी गाउँपालिका १ शिवपुरीका भरत थापाले बरिष्ठ सइ सिंह माथि खुकुरी हानेका थिए । 

Kids Festival 2022
kanti aarogya hospital

खुकुरी प्रहारबाट सिंह गम्भिर घाइते भएका छन् । उनको दाँया हात धेरै काटिएको छ भने बाँया हात पनि काटिएको बाँके प्रहरीले सेतोखरीलाई जानकारी दिएको छ ।  

बरिष्ठ सइ सिंहले जागिरबाट राजिनामा दिएको ४ दिन मात्रै भएको छ । उनको राजिनामा स्विकृतको प्रोसेसमा रहेको बताइएको छ ।