राप्तीसोनारी गाँउपालिका फत्तेपुर स्थित लालपुरमा बाख्राको तौल लिदै । बाँकेको दुर्गम क्षेत्र राप्ती सोनारी गाँउपालिकाका महिलाहरुमा पछिल्लो समय बाख्रापालनमा आर्कषण बढेकोछ । बाख्रापालनबाट आत्मनिर्भर हुदाँ व्यवसायिक रुपमा बाख्रापालन गर्न महिलाहरु विभिन्न समूहमा आबद्ध भई व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । नजिकै वनजंगल हुँदा घासको समस्या नभएकाले खासै दुःख गर्न नपर्ने र बिक्रि गरेपछि तुरुन्तै पैसा आउने भएकाले ब्याबसायिक बाख्रापालनमा लागेको उनीहरुको भनाई छ । यसमा लागेपछि परिवार पाल्न सहज मात्र नभई केही आम्दानी हुनुका साथै रकम बचत गर्ने अवसर मिलेको बाख्रा पालनमा सक्रिय महिला बताउँछन् । यसरी पालिएका खसीबाख्रा नेपालगन्ज लगायत बर्दिया, दाङ्ग लगायत काठमाण्डौका ब्यापारिहरुले घरमै आएर खसीबाख्रा आफै तौल गरि खरिद गरिरहेकाछन् । (तस्विर विजय मल्ल/सदभाव)