दामोदर भण्डारी
नेपालगन्ज २१ जेठ : भेरी अस्पतालको कोरोना आइसीयू भित्र यही जेठ १३ गते राति के भएको थियो त ? भन्ने धेरैलाई जिज्ञासा भएकोले सेतोखरीले तत्कालिन समयमा भएको घटनाको एक्सक्लुसिभ भिडियो बाहिर ल्याएको छ ।
सेतोखरीलाई प्राप्त यो भिडियो मोबाइलबाट खिचिएको हो । यस भिडियोमा आक्रमणको समयमा मृतकका भाई मान बहादुर रावतले आइसियूभित्र साँच्चिकै के गरेका थिए त सबै देखिएको छ । मोबाइलबाट खिचिएकोले यस भिडियोमा होहल्ला, आवाज सबै कैद रहेको छ ।
जेठ १३ गते राति भेरी अस्पतालको व्लक नम्बर ‘बि’ को आइसियू १३ नम्बर बेडमा दाङ निवासी ५२ वर्षिय डिल्ली रावतको कोरोनाबाट मृत्यु भएपछि मृतकका भाई मान बहादुर रावत सहितले लापरबाहीका कारण मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरिएको भनि अस्पतालले घटना बाहिर ल्याएको थियो ।
सेतोखरीसँग मात्र रहेको यस भिडियोमा भेरी अस्पतालको आइसियू भित्र छिरेर मृतकका भाई मान बहादुरले के गरेका थिए त ? भिडियोमा जो कोहीले पनि मज्जाले हेर्न सक्नुहुन्छ । दाजुको मृत्युपछि मानबहादुर आइसियूमा प्रवेश गरेपछि धेरै मान्छेहरुको विचमा मान बहादुरलाई देख्न सक्नुहुन्छ ।
भिडियोमा मान बहादुरलाई रोक्न खोज्ने हरियो रंगको पीपिइ लगाएका सञ्चारसेट बोकेका ती प्रहरी हवल्दार हुन्, भने सेतो हाफ सट लगाएका मान बहादुरलाई हर तरहले रोक्न खोज्ने उनकै आफन्त वामदेव रेग्मी हुन् ।
प्रहरी हवल्दारसंगै अर्का एक प्रहरी ड्रेसमै चुपचाप उभिरहेका छन् भने अस्पतालका सुरक्षा गार्ड पनि चुपचाप रमिते बनेर हेरिरहेका छन् । बाँकी भिडियोमा आफै हेर्नुस् । अनि घटना पश्चात घटनास्थलको विभिन्न तस्बिर पनि राखिदिएका छौं । ज्यान जोगाउन नर्स र डाक्टर एक तलामाथिबाट हाम फालेको ठाउँको तस्बिर पनि राखिदिएका छौं ।