पदाधिकारी र ठेकेदारको मिलेमतोमा वन फडानी : नियमक निकाय उदासिन


पदाधिकारी र ठेकेदारको मिलेमतोमा वन फडानी : नियमक निकाय उदासिन

तस्वीर सौजन्य: केशव कोइरालाको फेसबुकबाट

सुर्खेत : पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको छ । वन उपभोक्ता समितिकै पदाधिकारी र ठेकेदारको मिलोमतोमा रुखकटान भएको स्थानीय बताउँछन् ।

वनको बार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जङ्गलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो ।

डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनःअर्कोपत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्द गरेर थप नयाँ रुखहरुमा काट्नको लागी अनुमति दिएको थियो । तर, सामुदायिक वनका उपभोक्ता समिति र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुखकाटेर वन फडानी गरेका छन् ।

उनीहरुले त्यही मौकामा झण्डै थप ३ हजार क्युफिट भन्दा धेरै रुखहरु कटानी गरेको स्थानीयहरुले बताएका छन् । यो समयमा देशभर लकडाउन पनि भएकाले वनजङ्गलमा कोहीपनि नजाने भएकाले रुखकटानी गर्न सजिलो भएको हो । लकडाउनको समयलाई समितिका पदाधिकारीले जथाभाविरुपमा रुख काटेर कमाउने दाउ समेत बनाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयहरुले जनजागृति मावि र गाँउदेखि दक्षिणतर्फ भित्रिखोला र बुदुने खोलाको क्षेत्रमा रुख फडानी भएको बताएका छन् । उनीहरुले साल, जामुन, तिजु, असना लगायतका सयौको संख्यामा रुखहरु फडानी भएको बताएका छन् । स्थानीले यसबारेमा सम्बन्धित नियकालाई बारम्बार जानकारी गराउँदा पनि व्यवास्था गर्ने गरेको बताएका छन् ।

यता जनकल्याण सामुदायिक वनका कोषाध्यक्षले केशर कार्कीले उपोभक्ताहरुको घरलाई क्षती पुर्याउने रुखहरु कटानि गरेको बताए । उनले बाहिर आएजस्तो रुख कटानी भएको नभएको भन्दै हावाहुरीले क्षती पुर्याउने ठाँउमा रुखहरु काटेको बताए । डिभिजन वन कार्यालय सुर्खेतले भने जङ्गल फडानी भएको बारे कार्यलयलाई जानकारी नआएको जनाएको छ ।

कार्यलयका प्रमुख गोविन्द्रप्रसाद दाहल वन फडानी भएको पाईए संग्लनहरुलाई कारबाही गरिने बताउँछन् । यसअघि जेठ १५ गते नेपाल सरकारको मन्त्रीपरिषदले देशका विभिन्न वनक्षेत्रमा रुखहरु कटान, संकलन ढुवानी ओसारपसार भईरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न भन्दै निर्देशन जारी गरेको छ ।

मन्त्रीपरिषदले देशभरी वनक्षेत्रमा रहेका रुखका गोलीया अहिले जहाँ र जुन अवस्थामा छन् त्यसलाई त्यसक्षेत्रमा छोडिदिने भनेपनि सुर्खेतमा अहिले पनि रुखहरु फडानी भईरहेको पाईएको छ ।

यता प्रदेश वन तथा वातावरण मन्त्रालयले पनि जेठ १६ गते पत्राचार गर्दै मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न आफन्नो मातहतका निकायलाई निर्देशन दिएको छ ।

वनजङ्गल फडानी तथा ओसारपसार गर्ने कार्यहरु नरोकिएको भन्दै स्थानीय विरोध समेत जनाएका छन् । उनीहरुले वनक्षेत्र हेर्ने नियमक निकाय डिभिजन वन कार्यालय मौन बसेको भन्दै आपति जनाएका छन् ।

यसैबीच नेपालकै एक मात्र राष्ट्रिय संरक्षित क्षेत्र काँक्रेविहारमा वन अर्थात् विश्वसम्पदा सूचीको अर्थ कस्ले लगाउनु पर्ने हो । सालको पात समेत टिप्न नमिल्ने जङ्गलमा आरा चल्दा पनि सबै निकाय चुप लागेको देख्दा नेपालमा न्याय हराएको अनुभुती भयो । यो काममा सबै भन्दा दोषी भनेको जिल्ला वन कार्यलय हो । कर्णाली प्रदेश राजधानीको हालत यस्तो छ भने झन् अन्तको हालत कस्तो होला आफै अनुमान गर्नुहोस् । संरक्षित क्षेत्र अर्थात् विश्वसम्पदा सूचीको अर्थ कस्ले लगाउनु पर्ने हो ।

हामीले काँक्रेबिहारलाई नै संरक्षण गर्न सकेनौ भने के को पर्यटन बिकास ? काँक्रेबिहारमा पटक–पटक भएको चोरिसिकारी वन फडानीको बारेमा हाम्रो माझ छरपस्ट छ । यस विषयमा सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यान जानुपर्ने स्थानीय बताउँछन् ।

काँक्रेबिहार वनभोज क्षेत्रको नजिकबाट मन्दिरको मुर्तीको लागि ढुङ्गा उखेलेर लग्दा ५०/६० भन्दा बढी सालका रूख जेसिबी डोजरले ध्वस्त पारिदाँ समेत वन डिभिजन लगयातका सम्बन्धित निकाय उदासिन र मौन रहेको स्थानीयको भनाई छ ।