नेपालगन्ज मेडिकल कलेज–कर्मचारी विवाद

अदालत फेरी नर्स अनिताको पक्षमा 


सेतोखरी सेतोखरी   शुक्रबार, वैशाख ५, २०८२
अदालत फेरी नर्स अनिताको पक्षमा 

 श्रम अदालत अदालत फेरी पनि नर्स अनिता थापाकै पक्षमा उभिएको छ । श्रम अदालत भक्तपुरले लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई अन्तरकालिन आदेश जारी गरेको छ ।
विभिन्न माग राख्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आन्दोलनलाई सघाएको बाहना बनाएर नेपालगन्ज मेडिकल कलेजले नर्स अनिता थापालाई बदनियत पूर्वक २०८१ फागुन २६ गते बाँकेको चिसापानी सरुवाको पत्र थामाएको थियो । अनि उनी अदालत गएकी थिइन् ।

त्यसपछि अदालतको लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका नाममा २०८१ चैत्र २१ गते अन्तरकालिन आदेश जारी गर्दै निवेदक अनिता थापालाई सरुवा गर्ने विपक्षीको मिति २०८१ फागुन २६ गतेको निर्णय पत्राचार हाललाई कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनेको थियो र २०८२ बैशाख ४ गते पेशी तोकेको थियो ।

श्रम अदालत भक्तपुरका माननिय जनक पाण्डेको अध्यक्षतामा गत बिहिवार बसेको सँयुक्त इजलासले पहिलेको अन्तरकालिन आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । नर्स अनिताको तर्फबाट अधिवक्ता भक्तिराम घिमिरेरे बहस गरेका थिए भने मेडिकल कलेजका तर्फबाट अधिवक्त लोक बहादुर शाहले बहस गरेका थिए ।

मेडिकल कलेजले आफ्नो सरुवा टे«ड यूनियन ऐन २०४९ को दफा २३ क र श्रम ऐन २०७४ को दफा १०९ को विपरित भएको भन्दै नर्स अनिता थापा श्रम अदालत पुगेकी थिइन् ।

नेपालगन्ज मेडिकल कलेजले आन्दोलनको नेतृत्व गरेको भन्दै बर्षौ देखि मेडिकल कलेजमा कार्यरत नर्स अनिता थापालाई एमबिबिएस विद्यार्थी पढ्ने र छात्राबास रहेको बाँकेको चिसापानी सरुवा गरिदिएको थियो । जहाँ हस्पिटल नै छैन । त्यपछि आफु अन्यायमा परेको भन्दै नर्स अनिता श्रम अदालत पुगेकी हुन् । मेडिकल कलेजले कर्मचारी आन्दोलनमा अग्रपंक्तिमा देखिएका अन्यको पनि कसैको चिसापानी त कसैको कोहलपुर सरुवा गरिदिएको छ ।