वैकुण्ठधाम भित्र भाँडभैलो

वैकुण्ठधाम हाँक्ने टिम बाहिरीयो, कनोडियाको नयाँ कार्यसमिति विधान विपरित गठनःकानुन व्यवसायी


सेतोखरी सेतोखरी   १५ घण्टा अगाडि
वैकुण्ठधाम भित्र भाँडभैलो

नेपालगन्ज ः बाँकेको सिधनियामा आर्यघाट निर्माण तथा संचालनका लागि अगाडी बढेको वैकुण्ठधामभित्र यतिखेर भाँडभैलो मच्चिएको छ । वैकुण्ठधाम निर्माणका लागि महायज्ञ लगाएर नेपालगन्जवासीबाट करोडौं रकम उठाएको वैकुण्ठधाम संचालक समिति नै छिन्नभिन्न हुन पुगेको छ ।

नेपालगन्ज मेडिकल कलेजका मालिक डा.सुरेश कुमार कनोडिया अध्यक्ष रहेको वैकुण्ठधाममा कनोडियाको कार्यशैली मन नपरेपछि जसले वैकुण्ठधामलाई अगाडी बढाएको हो त्यो टिम नै बाहिरीन पुगेको छ ।

वैकुण्ठधामलाई अगाडी बढाउन मुख्य भुमिका निर्वाह गर्ने उपाध्यक्ष भोला महत, विधान, दर्ता देखि सम्पूर्ण डकुमेन्टेसन गर्ने सचिव अधिवक्ता विकास आचार्य, बरिष्ठ अधिवक्ता शुनिल श्रेष्ठ, सदस्य रहेका शिक्षा क्षेत्रका विज्ञ ईश्वर पोखरेल, डा.कृतिपाल सुवेदी लगायतको टिम हालै सम्पन्न वैकुण्ठधामको साधारणसभाबाट बाहिरीएको छ । वैकुण्ठधामको उद्देश्य अनुरुप डाक्टर कनोडियाले वैकुण्ठधामलाई अगाडी बढाउन नखोजेको भन्दै त्यस्तो समितिमा बसिरहन उपयुक्त नभएको भनि उक्त मुख्य टिमले छोडेको बताइएको छ ।

वैकुण्ठधामभित्र आएको नयाँ समिति भित्र नै भाँडभैलो सुरु भएको छ । वैकुण्ठधामको एक साता अघिमात्र नेपालगन्जमा विवादकाविच साधारण सभा सम्पन्न भयो । साधारण सभाबाट वैकुण्ठधाम हाँक्ने मुख्य टिम बाहिरीयो र नयाँ टिम चयन भयो । वैकुण्ठधामको विधान अनुसार ११ जनाको कार्यसमिति रहने व्यवस्था छ जस मध्य ९ जना निर्वाचन प्रकृयाबाट चयन हुने व्यवस्था छ । 

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन समितिले निर्वाचन प्रकृया अनुसार विवादका विच ९ जना संचालन मण्डल गठन गर्यो । ९ जनामा डा.सुरेश कनोडिया, डा.बद्री चापागाई, कृष्ण श्रेष्ठ, श्रीराम सिग्देल, शशी स्वाँर, उमा थापा, कमल कुमार कार्की, केदार अग्रवाल र राकेश मिश्र रहेका छन् । 

यसरी चयन भएका ९ जना वैकुण्ठधाम संचालन मण्डललाई निर्वाचन समितिले सफत खुवाएर प्रमाण पत्र प्रदान गरीसकेपछि संचालन मण्डलले वैधानिकता पाउने र उक्त संचालन मण्डलको बैठक बसी अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी त्यहिभित्रबाट चयन हुने वैकुण्ठधामको विधानमा व्यवस्था छ ।

तर निर्वाचन समितिले सधारण सभाबाट चयन भएका ९ जना संचालन मण्डललाई सफत नखुवाउदै प्रमाण पत्र प्रदान नगर्दै वैकुण्ठधाम कार्यसमितिको बैठक बसी अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी बाँडफाँडको निर्णय गरिएको छ । 

वैकुण्ठधामका निवर्तमान सचिव विधान निर्माणकर्ता तथा अधिवक्ता विकास आचार्यले वैकुण्ठधामको नयाँ बनेको कार्यसमिति विधान विपरित बनेको र अवैधानिक रहेको सेतोखरीसँग बताए । 

‘९जना वैकुण्ठधामका संचालक मण्डलले नै आधिकारिक रुपमा वैधानिकता पाएको छैन । निर्वाचन समितिले सफत खुवाएको छैन । तिमिहरु आजदेखि वैकुण्ठधाम चलाउने संचालन मण्डल हौ है भनेर प्रमाण पत्र दिइसकेको छैन । कुन विधानमा टेकेर मिटिङ् बसेर पद् बाँडफाँडको निर्णय गरे ?’ अधिवक्ता आचार्यले सेतोखरीसँग भने ‘ वैकुण्ठधामको यो कथित कार्यसमिति विधान विपरित गठन छ, अध्यक्ष देखि सबै अवैधानिक कार्यसमिति हो । तुरुन्त खारेज हुनु पर्छ । पवित्र ठाउँमा काम गर्न जाने जे मन लागे त्यहि गर्ने ? विधानलाई मान्नु पर्दैन ? कानुनलाई मान्नु पर्दैन ?’

अन्य कानुन व्यवसायीहरुले पनि हालै गठन भएका वैकुण्ठधामको कार्यसमिति विधान विपरित गठन भएकाले अवैधानिक भएको भन्दै तुरुन्त खारेजी हुनु पर्ने बताएका छन् । कतिपयले विधान विपरित कार्यसमिति गठन गरे अदालतमा उजुरी पर्ने पनि बताएकाछन् ।
कनोडियाले नाम पढेर सुनाएपछि बैठकमै विवाद

वैकुण्ठधामको संचालन मण्डलले आधिकारीक रुपमा वैधानिकता नपाउदै हतार हतार गरेर डा.सुरेश कनोडियाले वैकुण्ठधामको बैठक बसाले । बैठकमा संचालन मण्डलमा चयन भएका भेरी अंचल अस्पतालका ११ तहका डा.बद्री चापागाई र केदार अग्रवाल बाहेक सबै आएका थिए । कतिपय पदाधिकारीमा आफ्नो नाम मनमनै सोचिसकेका थिए ।

तर कनोडियाले बैठकमा छलफलनै नगरी केहि व्यक्तीसँग गोप्य रुपमा छलफल गरेको भरमा निकाली कसलाई कुन पद् भनेर खल्तीबाट कागज निकाली नाम पढेर सुनाए । पदाधिकारीमा आफ्नो नाम पर्ने त खुशी भए नपर्ने निन्याउरो अनुहार लगाए । 

कनोडियाले आफुलाई वैकुण्ठधामको अध्यक्ष घोषणा गरे । अनि उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा श्रीराम सिग्देल, कोषाध्यक्षमा शशी स्वाँर, सह सचिवमा राकेश कुमार मिश्र, सदस्यहरुमा डा बद्री चापागाई, कमल कुमार कार्की, केदार अग्रवाल र उमा थापा रहेका छन् ।

कनोडियाले नाम पढेर सुनाउदा उमा थापालाई सह सचिव बनाएका थिए । उमाले आफु उपाध्यक्ष, सचिव वा कोषाध्यक्ष पाए बस्ने नत्र सदस्य रहेने बताइन् । कनोडियाले सुनाएका नाममा उमाले असन्तुष्टि जनाईन् । ‘डाक्टरसाव कतिपय कुरा राजनीतिक हिसाबले पनि मिलाउनु पर्छ’ भनेर उमाले के भन्न पाएकी थिइन् कनोडियाले उमालाई हकारी हाले जोडले कड्किदै भने ‘राजनीति गर्ने भए बाहिर जानुस् वैकुण्ठधाममा नबस्नुस् । यहाँ राजनीति गर्न आएको हो ? अनि सबै चुपचाप लागे र कनोडियाले सुनाएको नाममा समर्थन जनाए । 

वैकुण्ठधामभित्र विवाद सृजना भएपछि बेजत हुने डरले कतिपयले वैकुण्ठधाम छोड्ने तयारीमा पुगेको बताइएको छ । राजनीतिमा लागेको उमा थापा जस्तो मान्छे वैकुण्ठधामको कार्यसमितिमा बस्न नहुने कतिपयले बताइरहेका छन् । भोली विवादमा मुछिदा उमाको राजनीति भविष्यनै ध्वस्त हुने बताइरहेका छन् । 
त्यस्तै शिक्षा क्षेत्रमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा नाम कमाउनु भएकी स्वच्छ छविकी शशी स्वाँर विवाद सिर्जना हुने ठाउँहरुमा बस्न नहुने नेपालगन्ज कतिपयले सेतोखरीसँग बताए । उता नेपाल सरकारका सहसचिव स्तरका डा.बद्री चापागाई एनजीओमा बस्न मिल्ने की नमिल्ने भन्दै नेपालगन्जका वुद्धिजिवीहरुले प्रश्न चिन्ह खडा गरेका छन् ।