श्रम अदालतले झक्तपुरले लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई कडा निर्देशन दिएको छ । नेपालगन्ज मेडिकल कलेजद्धारा बदनियत पूर्वक सरुवा गरिएकी नर्स अनिता थापालाई मेडिकल कलेजमै काम गर्न दिन श्रम अदालतले नेपालगन्ज मेडिकल कलेजलाई अन्तरकालिन आदेश दिएको छ ।
विभिन्न माग राख्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आन्दोलनलाई सघाएको बाहना बनाएर नेपालगन्ज मेडिकल कलेजले नर्स अनिता थापालाई बदनियत पूर्वक २०८१ फागुन २६ गते बाँकेको चिसापानी सरुवाको पत्र थामाएको थियो ।
मेडिकल कलेजले आफ्नो सरुवा टे«ड यूनियन ऐन २०४९ को दफा २३ क र श्रम ऐन २०७४ को दफा १०९ को विपरित भएको भन्दै नर्स अनिता थापा श्रम अदालत पुगेकी थिइन् ।
त्यसपछि श्रम अदालत भक्तपुरमा माननिय जनक पाण्डेको अध्यक्षतामा बिहिवार बसेको मानिनिय सदस्य निशा बाँनिया, माननिय सदस्य शैलेन्द्र कुमार चौरसिया इजलासले लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका नाममा अन्तरकालिन आदेश जारी गरेको छ ।
‘निवेदन माग बमोजिम अन्तरकालिन आदेशको सम्बन्धमा हेर्दा दुवै पक्षको कुरा सुनि निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा प्रस्तुत् मुद्दामा अन्तरकालिन आदेशको छलफलको लागि मिति २०८२ वैशाख ४ गते पेशी तोकी दुवै पक्षलाई दिइ नियमानुसार पेशी चढाउनु ।’ अदालतको अन्तरकालिन आदेशमा अगाडी भनिएको छ ‘उक्त अवधिसम्मका लागि सुविधा सन्तुलन समेतलाई मध्यनजर गरी यी निवेदकलाई सरुवा गर्ने विपक्षीको मिति २०८१ फागुन २६ गतेको निर्णय पत्राचार हाललाई कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनि विपक्षीका नाममा यो अल्पकालिन अन्तरकालिन आदेश जारी गरिदिएको छ ।’
नेपालगन्ज मेडिकल कलेजले आन्दोलनको नेतृत्व गरेको भन्दै बर्षौ देखि मेडिकल कलेजमा कार्यरत नर्स अनिता थापालाई एमबिबिएस विद्यार्थी पढ्ने र छात्राबास रहेको बाँकेको चिसापानी सरुवा गरिदिएको थियो । जहाँ हस्पिटल नै छैन । त्यपछि आफु अन्यायमा परेको भन्दै नर्स अनिता श्रम अदालत पुगेकी हुन् । मेडिकल कलेजले कर्मचारी आन्दोलनमा अग्रपंक्तिमा देखिएका अन्यको पनि कसैको चिसापानी त कसैको कोहलपुर सरुवा गरिदिएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी