सांकेतिक तस्विर
नेपालगन्ज ४ बैशाख : देशकै सबैभन्दा बढि गर्मी हुने बाँकेको नेपालगन्ज तातिँदै गएकोछ । विहानबेलुकाको समय केही शीतल भएता पनि चर्को घामसगैं चल्ने तातो हावाका कारण नेपालगन्जको जनजिवन कष्टकर बनेकोछ ।
चिसोमा अत्यधिक चिसो, वर्षातमा अत्यधिक वर्षा र गर्मीमा अत्यधिक गर्मी हुनाले पनि नेपालगन्जलाई मौसमीय दृष्टिकोणले चुनौती दिनेगरेकोछ ।
नेपालगन्ज लगायत पश्चिम तराईमा पछिल्लो एक सातादेखि निकै गर्मी बढेको छ । चर्को घामसँगै चलेको तातो हावाले यस क्षेत्रको जनजीवन झन् प्रभावित बनेको छ ।
जतिसुकै गर्मी भएपनि काम नगरे बिहान बेलुका हातमुख जोर्न धौँधौ हुने वर्गका लागि गर्मीले धेरै नै दुःख दिएको छ । दिउँसोको टन्टलापुर घाममा गर्मीको परवाह नगरी नियमित काम गर्नुपर्ने बाध्यता धेरै विशेष गरि मजदूरलाई छ ।
नेपालगन्जमा गर्मी बढेसगैं यसक्षेत्रका दिनचर्यासमेत प्रभावित बन्दैगएकोछ । मौसममा आएको परिर्वतनका कारण नेपालगन्जको अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दै गएको छ ।
यसैबीच, लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।
४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ ।
यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक बृद्धि हुने बताए ।
उनका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई ‘लू’ अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए ।
उनका अनुसार नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ ।
जलवायुविज्ञ डाक्टर उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए । उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए । उनले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताए ।
जलवायुविज्ञ डाक्टर उप्रेतीले भने, ‘खास गरेर यो वर्षमा तापक्रम चैतको सुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ । अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ । त्यो कुरालाई वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ । अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो । ’
लू बाट बचौं
अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक छ । लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने छ ।
गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरुले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो ।
काँचो र नपाकेको मासु, बासी खाना, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ समेत हुन्छ । यस्ता विरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको मात्रा कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा मुर्छा पर्ने लगायतका नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त मात्रामा पानी पीउन चिकित्सकको सल्लाह छ ।
गर्मीको समयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समयमा घाममा ननिस्कने, निस्कनै परेमा शरीर छोप्ने गरि लुगा लगाउने, छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ, फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’