कर्णाली बैंक घोटालाः सेतोखरी फ्लोअप 

कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ

काम गरेन रावडी र मिठाइले, छोरा तथा वर्तमान अध्यक्ष ओम मिश्र सिआइवीको अनुसन्धान भित्र


दामोदर भण्डारी दामोदर भण्डारी   १३ घण्टा अगाडि
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ

पशुपती दयाल २०६६ देखि २०७५ साल सम्म बैंकको अध्यक्ष रहेका थिए । सिआइवीले पक्राउ गर्ने सुइको पाएपछि मिश्रका बाबु छोरा दुधबाट बनेको रावडी र मिठाइ लिएर अर्थ मन्त्री बिष्णु पौडेललाई भेटन निकै धाएका थिए । तर पनि सिआइवीले पक्राउ गरि छाड्यो । पशुपती दयाल र उनका छोरा ओम मिश्र मिलेर कर्णाली बैंकबाट ११ करोड भन्दा बढी रकम लिएको राष्ट्र बैंक तथा सिआइवीले भेटाएको छ । 

नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष पशुपती दयाल मिश्र पक्राउ परेका छन् । बैंक घोटाला प्रकरणमा मिश्रकोपनि संलग्नता देखिएपछि अनुसन्धानका लागि  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले (सिआइवी) ले उनलाई बुधवार नेपालगन्जबाट पक्राउ गरेको हो ।

बैंक डुबेर जम्मा गरेको रकम नपाएर हजारौं ग्राहकहरु छट्पटाउन थालेपछि सिआइबीको टोलीले बैंक डुबाउनमा संलग्नता देखिएका बैंकका पूर्व अध्यक्ष, सिइओहरु तथा कर्मचारीहरुलाई खोजी खोजी पक्राउ गरिरहेको हो ।

त्यसैक्रममा बुधवार नेपालगन्ज निवासी कर्णाली बैंकका पूर्व अध्यक्ष मिश्रलाई पनि पक्राउ गरिएको सिआइवी प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । कर्णाली डेभलपमेन्ट बैंकका वर्तमान अध्यक्ष भने पशुपती दयाल मिश्रका छोरा ओम मिश्र छन् । उनी माथि पनि सिआइवीले अनुसन्धान गरिरहेको जनाएको छ । 

Kanti Aarogya Hospital Nepalgunj

बैंक घोटालामा पक्राउ परेका पशुपती दयाल मिश्र नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । पशुपती दयाल २०६६ देखि २०७५ साल सम्म बैंकको अध्यक्ष रहेका थिए । सिआइवीले पक्राउ गर्ने सुइको पाएपछि मिश्रका बाबु छोरा दुधबाट बनेको रावडी र मिठाइ लिएर अर्थ मन्त्री बिष्णु पौडेललाई भेटन निकै धाएका थिए । तर पनि सिआइवीले पक्राउ गरि छाड्यो । पशुपती दयाल र उनका छोरा ओम मिश्र मिलेर कर्णाली बैंकबाट ११ करोड भन्दा बढी रकम लिएको राष्ट्र बैंक तथा सिआइवीले भेटाएको छ । 

बैंक घोटालामा संलग्न देखिएका व्यक्तीहरुलाई पक्राउ गर्न सिआइबी प्रहरीको टोली एक साता देखि काठमाण्डौंबाट नेपालगन्जमा आएर बसेको छ । फरार रहेका बैंकका सिइओहरु र कर्मचारीलाई पक्राउ गर्न सिआइबीको टोली भारत र नेपाल दुवै ठाउँमा सक्रीएता पूर्वक लागि परेको छ । 

त्यसैक्रममा बैंकको रकम अपचलनमा संलग्न भइ फरार रहेका कर्णाली बैंकका फाइनान्स डिपार्टमेन्टका कर्मचारी बेद प्रकाशसिंह ठकुरीलाई नेपालगन्ज धम्बोझीबाट र बैंकका पूर्व सिइओ तथा पूर्व अध्यक्ष राजेन्द्रवीर रायलाई भारतको लखनउबाट पक्राउ परिसकेका छन् ।

सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओ सहित ७ जनालाई पक्राउ गर्नका लागि पहिले नै अदालतबाट पक्राउ पुर्जी लिएर बसेको छ । 

कर्णाली डेभलपमेन्ट बैंकका संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा जनताको दुई अर्ब भन्दा बढी रकम हिनामिना हुँदा बैंक डुब्नपुगी डिपोजिट रकम समेत ग्राहकलाई फिर्ता गर्न नसकेपछि अन्तिम अवस्थामा नेपाल राष्ट्र बैंकले गत पुषदेखि उक्त बैंको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएर संचालन गर्दै आएको छ ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिइ चलाउन थाले लगत्तै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले (सिआइवी) ले उक्त बैंक घोटाला बारे अनुसन्धान थालेको नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयले जनाएको छ ।