File Photo
नेपालगन्ज ५ बैशाखः कृषि ज्ञान केन्द्र बाँकेले बसन्ते मकै, मसिनो धान र चैते धानलाई प्राथमिकता दिने भएकोछ । केन्द्रले सोमबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तहसंग योजना तर्जुमा गोष्ठिमा कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाले बताएका हुन् ।
ढकालले बाँके जिल्लामा मोटो धानको बाहुल्यता रहेको भएपनि मसिनो धानको माग धेरै भएकाले किसानहरुले पनि मसिनो धान लगाउन विशेष ध्यान दिनुपर्ने बताए ।
केन्द्रले बाँके जिल्लाका लागि प्राथमिकता प्राप्त सम्भावित बालि बस्तुहरुमा बसन्ते मकै, मसिनो धान र चैते धानलाई लिएको छ । बसन्ते मकै, मसिनो धान र चैते धानको सम्भावनाको आधार बढ्दै गएकाले किसानले यसमा चासो बढाउन आवश्यक रहेको प्रमुख ढकालले जनाए ।
केन्द्रका प्रमुख ढकालको अध्यक्षतामा भएको गोष्ठिमा सहभागिहरुले स्थान अनुसार उत्पादनको क्षेत्र तोकेर सरकारका कार्यक्रम बन्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख ढकालले सरकारले मसिनो धान लगाउने किसानलाई अनुदान दिने योजना बनाएको सुनाए । अनुदान लिनेले पनि सम्झौता अनुरुप काम नगर्दा समस्या आउने गरेको केन्द्र प्रमुख ढकालले सुनाए ।
किसानलाई माथि उठाउन बजारीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको सहभागि किसानहरुले जोड दिए । किसानले उत्पादन गरेको बस्तु सहजै विक्रि हुने सुनश्चित सरकारले गर्नुपर्ने किसानहरुको माग थियो ।
गोष्ठिमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले किसानको पीडामा मल्हम लगाउने खालको कार्यक्रम ल्याउन आग्रह गरे ।
संयोजक श्रीवास्तवले धानको क्षति ब्यहोरेका किसानहरुले हालसम्म कुनै राहत नपाएको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको जिकिर गरे । उनले जिल्लाका किसानले भोग्न परेको कष्टलाई निराकरण गर्न अब आउने योजनामा समाबेस गर्न जोड दिए ।
केन्द्रले सञ्चालन गर्ने कार्यक्रमहरुमा माग कम आउने गरेका कारण जिल्लाका किसान लाभावन्तित हुने क्रम घट्न लागेको ज्ञान केन्द्रले जनाएको छ ।
धान र गहुँको वीउको उत्पादन जिल्लाको क्षेत्रफलको आधारमा पर्याप्त रहेको ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तोरी र चनाको वीउमा भने कमि रहेको छ ।
बाँकेमा सिचाँईको क्षेत्रफल बढ्दै गएकाले किसानलाई सहज हुने अपेक्षा गरिएको छ ।
बाँकेमा बालि उत्पादनका लागि सिचाँई विस्तार भैरहेकाले तरकारी, गहुँ, दलहन, तेलहनको विस्तार गर्न सहज बताबरण सिर्जना भैरहेकोले किसानले यसको भरपुर फाइदा उठाउन केन्द्रले आग्रह गरेकोछ ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?