कोहलपुर २४ वैशाख : बिगत ३० वर्षदेखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन् । वि.सं. २०४९, २०५४ र २०७४ गरी तीन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुटबहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए ।
हिजोको गाविस र नगरपालिका हुँदा होस् या आजको स्थानीय तह नेकपा एमालेकै जनप्रतिनधीहरुले सञ्चालन गरे । तर, बिगत ३० वर्ष यता कोहपुरमा चर्चा गर्न लायक के बिकास भयो त ? स्थानीय तहको निर्वाचन हुन ६ दिन बाँकी रहँदा कोहलपुरबासीले फेरी एक पटक समिक्षा र चर्चा गर्नुपर्ने बेला भएको छ ।
प्रशासनिक भवन :
३० वर्षे स्थानीय सरकार चालाएको नेकपा एमालेको नेतृत्वले कोहलपुरमा एक प्रशासनिक भवन समेत निर्माण गर्न सकेको छैन । बिकट दुर्गम स्थानका पालिकाहरुले समेत प्रशासनिक भवन मार्फत एकिकृत र जनमैत्री सेवा दिईरहेका छन् । तर, कोहलपुरबासीले त्यो मौका पाएनन् । स्थानीय तहबाट एकिकृत सेवा दिँदा जनताले सहज सुबिधा पाउने भएपनि त्यसो हुन सकेको छैन ।
३० वर्षदेखी एउटै पार्टी र एउटै व्यक्ति कोहलपुरको नेतृत्वमा भएपनि एक भवन समेत बन्न नसक्नु लज्जास्पद कुरा हो ।
स्वाथ्य केन्द्रः
देशभरका कतिपय स्थानीय तहले आफ्नै अस्पताल सञ्चालन गरी सकेका छन् । तर, कोहलपुरमा हालसम्म पनि ईमरजेन्सी सेवा सहितको अस्पताल निर्माण तथा सञ्चालन गरिएको छैन । अस्पताल त टाढाको कुरा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले आफ्नै एम्बुलेन्स समेत सञ्चालन गर्न सकेन । आधारभूत अधिकारमाथि नै खेलवाड गरेर सरकार सञ्चालन गर्न खोज्नु लाजको बिषय हो ।
शिक्षाः
कोहलपुर अधिकांस विद्यालयहरुमा अहिले पनि टिनको छानो भित्र पढाई हुने गरेको छ । ३० वर्षे शासनकालमा एमाले जनप्रतिनधीहरुले टिनको छानो समेत फेर्न नसक्नुको मुख्य कारण के होला ? शिक्षा प्रतिको बुझाई वा जवाफदेहीता र जिम्मेवारीता के हो ? जनताको प्रश्न छ । टिनका छानो, अप्रर्याप्त शिक्षक दरबन्दी, स्वच्छ खाने, शौचालयको प्रबन्ध नहुँुदा गुणस्तरीय शिक्षा हुने कुरा भएन यसको दोष कसले लिने ?
खानेपानी:
कोहलपुरमा खानेपानीको उचित प्रबन्ध समेत छैन । कोहलपुरको अधिकांस जनताका हाते धारोको पानिबाटै जीवन निर्वाह गरिरहेका छन् । कतिपय वडाहरुमा चैत्र र बैशाखमा हाते धारोको पानि समेत नआउँदा जनताको जीवन कष्टकर हुने गरेको छ । कोहलपुरको अधिकांस हाते धाराको पानिमा आर्सेनिक मिसीएकाले त्यसलाई स्वाथ्यका लागि हितकर मानिदैन ।
३० वर्षे स्थानीय सरकार सञ्चालन गर्दा खानेपानीको उचित प्रबन्ध गर्न नसक्नु लज्जाको विषय हो । कोहलपुरको केही वडाहरुमा खानेपानीको संरचना निर्माण भएको भएपनि अधिकांस वडाबासी जनता स्वच्छ खानेपानी कल्पना भन्दा बाहीरको कुरा भएको छ ।
सडक सञ्जाल:
कोहलपुरका कतिपय वडाबासी जनता मुख्य राजमार्गको सडक सञ्जालमा जोडीएका छैनन् । मुख्य बजार क्षेत्रका बाटोहरु समेत कालोपत्रे नभएको अवस्था त छदैँछ । खास गरी कोहलपुर नगरपालिका वडाहरु ४, ५, ७, ८, ९, १२, १३, १५ जनतालाई कालोपत्रे सडक हेर्न रहरको विषय भएको छ । बिगतको गाविस र नगरपालिकाको कुरा छोडौँ ति वडाहरुमा पछिल्लो ५ वर्षे स्थानीय सरकारको बेलामा समेत ५ सय मिटर भन्दा कम बाटो कालोपत्रे गरिएको पाईन्छ । ति वडाहरुमा ढल निकास, कालोपत्रे बाटो कल्पनाका कुरा भएका छन् ।
५ वर्षमा ५ सय मिटर भन्दा कम सडक कालोपत्रे गर्ने जनप्रतिनधीहरु कुन मुख लिएर जनताको घरदैलोमा गएका छन्, समिक्षाको विषय बनेको छ । अझ भनौं कोहलपुर– १५ मा दुई पालिका जोड्ने बाटोमा समेत पुल निर्माण हुन सकेको छैन । भने कोहलपुर ७, १२, १३ एक गाँउबाट अर्को गाँउ जाँदा वर्षायाम होस् या अन्य समय होस् खोलो तरेर हिँड्नुपर्ने अवस्था छ । समान्य पुल अथवा झोलुङे पुल समेत निर्माण हुन सकेको छैन । के कोहलपुरबासी जनताले यहि नियती भोगिरहनु पर्ने हो ?
कोहलपुर नगरविकास समिती भित्रको टाउन प्लान, मुख्य महेन्द्र राजमार्ग र रत्न राजमार्ग बाहेक अन्य ठाँउमा कालोपत्रे हेर्न नपाएको अवस्था छ । मुख्य राजमार्ग क्षेत्रमा समेत कालोपत्र हुन सकेको छैन भने भित्री बाटोहरुको अवस्था झन् नाजुक छ ।
फोहर मैला र छाडा चौपाया व्यवस्थापन :
कोहलपुर नगरपालिकाले फोहरमैला व्यवस्थापनमा महत्वकांक्षी योजना सुरु ग¥यो तर, यसले फोहरमैला व्यवस्थापन भन्दा पनि थप अस्तव्यस्त सृजना ग¥यो । निजी कम्पनिसँगको साझेदारीमा सुरु गरेको फोहरमैला व्यवस्थापन योजना अहिले अलपत्र अवस्थामा छ । कोहलपुर–९ मा स्थापना गर्न लागीएको फोहरमैला प्रशोधन केन्द्र कुनैपनि हालतमा चल्न नदिने भन्दै स्थानीयले ताला लगाईदिएका छन् ।
आगमी दिनमा उक्त आयोजना कसरी अगाडी बढ्छ चासोको विषय बनेको छ । त्यस्तै छाडा चौपाया व्यवस्थापनमा पनि कोहलपुरको मुख्य समस्याका रुपमा रहेको छ । बिगत ५ वर्षमा मुख्य समस्या बनेको छाडा चौपाया व्यवस्थानमा कुनै प्रगती हुन सकेको छैन ।
पर्यटन र रोजगार :
पर्यटन र रोजगारका क्षेत्रमा पनि शून्य प्रगती छ । बेरोजागरलाई रोजगार दिने वा स्वरोजगार बनाउने बारे ३० वर्षसम्म खास्सै उपलब्धी केही देखिएको छैन । पर्यटन र रोजगारका क्षेत्रमा कोहलपुर भन्दा कम सम्भावना बोकेका क्षेत्रले ठूलो फड्को मार्दा समेत कोहलपुरको टाउन प्लान क्षेत्र भित्र रहेका झण्डै १ दर्जन पार्क निर्माणका लागी छुट्ईएका क्षेत्रहरु अझैं अलपत्र अवस्थामा छन ।
व्यवस्थीत बजार :
कोहलपुरमा अब्यवस्थीत बजारका कारण बजार व्यववसाय संकटको अवस्थामा छ । मुख्य रुपमा ठेला गाडा, खुद्रा बजार व्यवस्थापन, कृर्षी हाटबजार सञ्चालन लागायतका कामहरु सुरुवात नै हुन सकेका छैनन् । नत मासुजन्य व्यवसाय, अटो पाट्स व्यवसायलाई व्यवस्थीत गर्न सकिएको छ । जसका कारण बजार कुरुप हुनुका साथै बजार प्रर्बद्धन समेत हुन सकेको छैन । यस क्षेत्रमा प्रगती नभएको होईन, प्रयास नै नभएको चाहीँ पक्कै हो । स्थानीय बजार प्रर्बद्धनका लागी समेत स्थानीय सरकारले ठोस् निती ल्याउन सकेको छैन ।
अव्यवस्थीत र भुमिहीन सुकुम्वासी :
कोहलपुर मुख्य समस्या भुमिहीन, सकुम्वासी र अव्यवस्थीत बसोबासी हो । तर, भुमिहीन सुकुम्वासी र अब्यवस्थीत वसोवासको समस्या समाधानका लागी कोहलपुर नगरपालिकाले कुनै पहल लिएन । खास गरी कोहलपुर नगरपालिका वडा नम्बर–११ र अन्य क्षेत्रमा जर्जर रहेको समस्या समाधानका लागी बिगत ५ वर्ष र सो भन्दा अघी कुनै काम हुन सकेन । न्युनतम रुपमा लागत संकलन समेत हुन नसकेको गुनासो स्थानीयको छ ।
कोहलपुरको समग्र बिकासका बारेमा जनता चिन्तित छन्, स्थानीय सरकारको रबैया देखेर निराश छन् । अझ भनौ कुशल नेतृत्वको खोजिमा छन् । कुशल नेतृत्वको पहल कदमी बिना बिकास सम्भव नहुने बुझेका जनताहरु यस पटक बिवेकको मत मार्फत समृद्ध कोहलपुर निर्माणका लागी योग्य र सक्षम नेतृत्व चयन नगर्ने हो भने जिल्लाको दोस्रो ठूलो सहर अन्य गाँउपालिका भन्दा पछाडी पर्ने निश्चित जस्तै छ । त्यसकारण यसपटक बिगतमा कसलाई मतदान गरेका थियौं भन्दा पनि सुझबुझपूर्ण विवेक मार्फत योग्य, कुशल र भिजन भएकालाई मतदान गरौं ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’