स्थानीय तह निर्वाचन २०७९

बर्दियामा कुन तहमा कसको पल्ला भारी


बर्दियामा कुन तहमा कसको पल्ला भारी

गुलरिया(बर्दिया) २७ वैशाखः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा कुन तहमा कसले बाजि मार्ला भन्ने बहस चोक गल्ली हुदै चिया पसलमा चलिरहेको छ ।

सत्ता गठबन्धन दलहरुले महानगर तथा उप महानगरपालिकामा भाग बण्डा मिलाएपनि केहि स्थानीय तह नगरपालिका तथा गाँउपालिका हरुमा गठबन्धन दलहरुको सहमति हुन नसक्दा गठबन्धन जिल्ला तहसम्म आईपुग्दा त्यसले पुर्णता पाउन सकेन त्यसको फल स्वरुप बर्दियामा गठबन्धन दल आआफनै हिसाबले निर्वाचन होमिएका छन् र आफुले जित्ने दावि समेत गरीरहेका छन् ।

यसरी आआफुले दावि गरीरहँदा गएको निर्वाचनबाट निर्वाचित भएकाहरुले मतदाताको भावनामाथि भने खेलबाड गरेको स्थानीय बासीहरुको भनाई रहको छ । आठ वटा स्थानीय तह रहेको बर्दियामा दुइ वटा गाँउपालिका र ६ वटा नगरपालिका रहेका छन् ।

गत स्थानीय तहको निर्वाचन हेर्ने हो भने राजापुर नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उप प्रमुखमा जित निकालेको थियो भने गुलरिया नगरपालिका र गेरुवा गाँउपालिका नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख दुवै पदमा जित निकालेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी बढैयाताल गाँउपालिकामा नेकपा एमालेले प्रमुख र उप प्रमुख, बासगढि नगरपालिकामा पनि प्रमुख र उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकामा प्रमुखमा जित हात पारेको थियो भने ठाकुरबाबा नगरपालिकामा उप प्रमुखमा भने नेकपा माओवादी केन्द्रले जित हात पारेको थियो । यी सवै जितमा मतको अन्तर सामान्य देखिएको थियो भने अहिले परिस्थिति फरक छ ।

गेरुवा गाँउपालिकामा नेपाली काग्रेस नै बलियो देखिएको छ । नेकपा एमालेको कमजोर रहेको सो गाँउपालिमा माओवादी नेकपा एमाले भन्दा माथि देखिएको छ । नेपाली काँग्रेसले आफना पुरानै उमेदवार लाई चुनावी मैदानमा उतारेको छ । उनको लोकप्रियताका कारण पनि काग्रेसले सो गाँउपालिका जित्ने अनुमान गरिएको छ ।

राजापुर नगरपालिकामा पनि माओवादी कमजोर नै हो गएको स्थानिय निर्वाचनमा थोरै वडा जितेर पनि नगर प्रमुख र उप प्रमुख जितेको माओवादीले आफनो साख जोगाउनको लागी यस पटक प्रमुखमा प्रदेश सभा सदस्य समेत रहेका राजेश चौधरीलाई चुनावी मैदानमा उतारेको छ ।

नेपाल काँग्रेसलको आन्तरिक द्घन्द्धका कारण गएको निर्वाचनमा काँग्रेस पराजित भएको थियो यस पटक पनि नेपाली काग्रेसका केहि नेताहरु बागी उमेदवार वडा अध्यक्षमा लडेका कारण पार्टिले कारवाही गरेको छ । यस्तो अवस्थामा फेरी पनि माओवादीले नै जित्ने आंकलन गरीएको छ ।
राजापुरमा नेकपा एमालेको अवस्था गेरुवा गाँउपालिकाको भन्दा राम्रो भएपनि जित निकाल्ने सम्भावन न्युन छ । राजापुरमा नेपाली काँग्रेस र नेकपा माओवादी विच नै प्रतिस्पर्धा हुने छ । यसै गरी ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेले पुरानै व्यक्तिलाई नगर प्रमुखको रुपमा दोहोरयाएको छ ।

माओवादीको राम्रो पटक भएको भनिएपनि सो नगरपालिकामा नगर प्रमुखको रुपमा नेकपा एमालेका घननारायण श्रेष्ठले जित निकाल्दा उप प्रमुखमा माओवादीले जित निकालेको थियो । केहि लोकप्रिय काम गरेका श्रेष्ठको केहि पल्ला भारी भएतापनि उनले आफनो कार्यकालमा माओवादीलाई पेलेर लिएकै कारण र नेकपा एमाले विभाजन भएपछि त्यसको असर ठाकुरबाबा नगरपालिकामा देखिएको छ ।

नेकपा एकिकृत समाजवादीको समेत प्रभाव रहेको सो क्षेत्रमा आफुले जित्ने निश्चित नभएको अवस्थामा अन्तिममा माओवादीलाई सघाउने देखिन्छ यसले गर्दा निर्वाचन जित्न श्रेष्ठलाई सहज देखिदैन । ठाकुरबाबा नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली काँग्रेसविच नै प्रतिस्पर्धा देखिन्छ ।

मधुवन नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले विच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । मधुवनमा नेकपा माओवादी केन्द्रले प्रमुख र उप प्रमुखमा जित निकालेको थियो । यस पटक नेकपा माओवादीले टिकट वितरणमा गलत निर्णय लिएका कारण माओवादीलाई जित निकाल्न सहज देखिदैन ।

लोकप्रिय बनेका नगर प्रमुख कृष्ण केसी क्षेत्रीलाई पाखा लगाउदा नेकपा माओवादी केन्द्रमा विवाद आएको छ । त्यसको फाइदा नेपाली काग्रेसले लिने देखिन्छ बर्दियामा सन्त नेताको रुपमा पहिचान वनाएका तेज बहादुर भाटलाई काग्रेसले अगाडी सारेको छ ।

उता नेकपा एमालेबाट निर्वाचनमा लडेका धर्म थापालाई युवाको पनि सपोर्ट रहेको छ । मधुवन नगरपालिकामा मुख्यतय नेकपा माओवादीको विवादको असर नपरेको खण्डमा जित लगभग पक्का भएपनि नेपाली काँग्रेस र नेकपा एमालेको पनि पल्ला भारी नै देखिएको छ ।

गुलरिया नगरपालिकामा नेपाली काग्रेसले प्रमुखमा पुरानै व्यक्तिलाई मैदानमा उतारेको छ । प्रमुख र उप प्रमुख जितेको नेपाली काँग्रेसले उप प्रमुख शुसीला गीरी केहिदिन अघिमात्र नेकपा एमालेमा प्रवेश गरेपछि उपप्रमुखमा सावित्रा गौतमलाई अगाडि सारेको हो । नेपाली काँग्रेसको बलियो नगरपालिका मानिएको गुलरियामा यसपाली नेकपा माओवादी र नेकपा एमाले सुधार गरेका कारण त्रिकोणात्मक भिडन्त देखिने भएको छ ।

विगतको काम हेर्दा केहि हदसम्म कमजोर मानिएको नेपाली काँग्रेसले आफनो साख जोगाउन योग्य उमेदवार नपाउँदै पुरानैलाई दोहोर्याएको हो । मधेशी समुदायमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रको पकट बलियो छ भने नेकपा एमालले केहि सुधार गरेको देखिन्छ तर, नेकपा एमाले विभाजन भएका कारण त्यसको असर एमालेमा पर्ने देखिएको छ ।

नेकपा एकिकृत समाजवादीबाट बर्दियाका पुराना पत्रकार बालकृष्ण ओली चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेको भोट समाजवादीले काट्ने भएपछि नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको मुख्य टक्कर देखिन्छ ।

नेकपा माओवादी केन्द्रबाट युवा नेता गेहेन्द्र ढकाल चुनावी मैदानमा छन् । बारबर्दिया नगरपालिकामा नेकपा माओवादीको पकेट क्षेत्र नै हो, माओवादीले यसपटक पुरानै व्यक्ति नदोहोर्याएका कारण माओवादीमा आन्तरिक द्धन्द्ध चर्केको छ । त्यसको फाइदा नेकपा एमालेले लिन सक्ने छ ।

नेपाली काँग्रेसको अवस्था नेकपा एमाले भन्दा पछाडि देखिएको छ । बारबर्दियामा नेकपा एकिकृत समाजवादीले अवस्था नाजुक रहेको छ यसले गर्दा नेकपा एमाले बलियो देखिएतापनि माओवादी भित्रको आन्तरिक द्धन्द्ध र योग्य उमेदवार नभएको भन्ने अवस्थालाई अन्त्य गर्न सके पल्ला भारी माओवादीकै देखिन्छ ।

बाँसगढि नगरपालिकामा नेकपा एमालेको पकेटका रुपमा चिनिन्छ तर नेकपा एमालले नया अनुहारलाई मौका दिएको छ । नेकपा एकिकृत समाजबादीको पनि केहि प्रभाव रहेको बाँसगढिमा नेकपा एमालेकै भोटकै भरमा निर्वाचन जित्न एमालेले निकै गारहो हुने छ । उता नेकपा माओवादी केन्द्रले पार्टिमा लागेको लामो समय सम्म कुनै पनि पदमा नरहेका व्यक्तिलाई चुनवाी मैदानमा उतारेका कारण नेकपा एमालेलाई निर्वाचन जित्न सहज देखिदैन ।

बाँसगढिमा नेकपा एमालेकै पल्ला भारी भएपनि पार्टि फुटेका कारण त्यसको फाइदा माओवादीले लिने निश्चित देखिन्छ । बढैयाताल गाँउपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पालिकाका अध्यक्ष भएका व्यक्ति नै चुनावी मैदानमा छन् । अर्थात पुरानै व्यक्तिलाई अध्यक्षका रुपमा दोहोर्याएको छ । भने उपाध्यक्षमा नयाँ अनुहार अगाडि सारेको छ ।

नेकपा एमालेको पकेट क्षेत्र भनेर चिनिएको सो क्षेत्रमा नेकपा एकिकृत समाजवादीका नेताहरुको पनि उपस्थिति रहेको छ यस्तो अवस्थामा नेकपा एमालेलाई निर्वाचन जित्न सहज देखिदैन त्यसको फाइदा नेपाली काँग्रेसले लिने देखिएको छ । माओवादीले व्यापारीलाई टिकट दिएका कारण माओवादीका पुराना नेता समेत रुष्ट देखिएका छन यसको फाइदा नेपाल काँग्रेसले लिएको खण्डमा काँग्रेसको विगतको भन्दा राम्रो देखिन जाने छ । यसरी सरसरती हेर्दा यो पाटिले निर्वाचन जिल्ला भन्न सजिलो छैन स्थानीय तहको निर्वाचन भएका कारण पार्टिले उठाएका व्यक्तिलाई पनि हेर्ने भएका कारण यसै होला भन्न सकिने अवस्था छैन ।