File Photo
नेपालगन्ज २९ वैशाख : मतगणनाका लागि निर्वाचन अधिकृतले मतदानको अघिल्लो दिन नै गणना हुने स्थल र समय तोकेर सूचना प्रकाशित गर्नुपर्नेछ ।
गणनास्थलमा मतपेटिका जम्मा भएपछि उम्मेदवार वा दलका प्रतिनिधिलाई राखेर मुचुल्का तयार गर्नुपर्नेछ । बहुसंख्यक उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा गणना कार्य सुरु गर्न मिल्दैन ।
मतगणना सुरु भएको मुचुल्का गरिसकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको मतगणना गर्न लागिएको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन देखाउनुपर्छ ।
त्यस्तै, मतपेटिकामा मतदान केन्द्रको नाम, सुरक्षणशील नम्बर र मतपेटिकाको क्रम उल्लेख गरिएको छ, छैन त्यो पनि यकिन साथ देखाउनुपर्छ ।
निर्वाचन अधिकृतले प्रतिनिधिको रोहबरमा मतपेटिका जाँच गरिसकेपछि मतपेटिका जाँच गरेको मुचुल्का तयार गर्नुपर्नेछ । मुचुल्का गर्दा मतगणनाको काममा खटाएको कर्मचारी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई हस्ताक्षर गराइनेछ ।
मतपेटिकाको जाँच गर्दा कुनै कैफियत देखिएमा मुचुल्कामा सोही व्यहोरा खुलाई त्यस्तोमतपेटिका सुरक्षित स्थानमा राख्नु पर्ने र कैफियत नदेखिएको मतपेटिकाको मतगणना कार्य समाप्त भएपछि कैफियत देखिएका मतपेटिकाको सम्बन्धमा आवश्यक सहमति कायम गरी मतगणना गर्ने दायित्व निर्वाचन अधिकृतको हुनेछ ।
गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना छुट्टाछुट्टै गर्नुपर्नेछ । तर, एउटै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भएर मतदान भएको अवस्थामा वडाको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपेटिका एकै ठाउँमा मिसाई मात्रै गणना गर्नुपर्नेछ ।
मतगणना सुरु गरेपछि नसकेसम्म विशेष परिस्थितिमा बाहेक स्थगित नगर्न आयोगले निर्देशन दिएको छ । यदि स्थगित नै गर्नु परेमा औपचारिक रूपमा सूचना निकाल्नुपर्ने र त्यसको जानकारी दिनुपर्नेछ । गणना गरिसकेपछि आएको परिणामलाई निर्वाचन अधिकृतले तोकिएको ढाँचामा माथिल्लो निकायमा पठाउने र सार्वजनिक गर्नुपर्छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’