बाँके खेलकुदको गम्भीर आपत्ती


बाँके खेलकुदको गम्भीर आपत्ती

समीर अर्याल

नेपालगन्ज १९ साउन : बाँके जिल्ला खेलकुद विकास समितिले आफ्ना बारेमा व्यक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह लगायत अन्य पदाधिकारी र सदस्यहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ती निकालेर मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले क्षेत्रीय समितिका भौतिक संरचनामाथि जिल्ला खेलकुदले आँखा लगाएको आरोप लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै के कति कारणले यस्तो भनिएको हो, यसको जवाफ दिनुपर्ने बताएका छन् ।

एक न्यूज अनलाईनमा प्रकाशित समाचारमा चन्दले आफूहरुमाथि लगाएको आरोपको घोर भत्र्सना गर्दै जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले खेलकुदको सर्वाङ्गिण विकासका लागि नेपाल सरकारले आफूहलाई नियुक्त गरेको उल्लेख गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कर्मचारीले आफूहरुलाई आरोपित गर्न नियुक्त नभएको भन्दै उनीहरुले आफ्नो कार्यक्षेत्र र अधिकारबारे राम्रो हेक्का रहेको स्पष्ट पारेका छन् ।

यसैबीच, जिल्ला खेलकुद विकास समिति बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर खेलाडीलाई प्रतिवन्धीत गरेकोप्रति आपत्ति जनाएको छ । सम्मेलनमा अध्यक्ष शाहले भने, ‘अबको दिनमा खेलाडीहरुमा खेल प्रतिको चाहना अनुसार रंगशालाको गतिविधि हुनु पर्छ । आफ्नै घर नजिकै रंगशाला हुँदासमेत शारीरिक ब्यामको लागि फिल्ड खोज्दै हिँड्नु परेको खेलाडीहरुले बताउँने गरेका छन् ।’

खेल खेल्न र व्यायमको लागि ईच्छा हुँदा हुँदै पनि रंगशालामा लगाइएको नियमले आम खेलाडीले प्रशिक्षण गर्न नसकेको अध्यक्ष शाहले बताए ।

रंगशालामा राष्ट्रियस्तरको खेलाडीलाई मात्र खेल्न दिने र आम खेलाडीलाई वास्ता नै नगर्दा खेलाडी बन्ने सपना बोकेर रंगशाला आउने गरेको आम खेलाडीहरु अवसरबाट बञ्चित भएको खेलाडीहरुले बताउछन् । आम खेलाडीहरुलाइ रंगशालामा रोक लगाएर खेलबाट बञ्चित नगराउँन अध्यक्ष शांहले आग्रह गरेका छन् ।

स्थानीयस्तरका खेलाडीले रंगशाला प्रयोग गर्दा रंगशाला बिग्रने भएको हुनाले स्थानीय खेलाडीलाई रंगशालामा खेल्न रोक लगाएको भन्ने खबर हामीलाई बारम्बार आएको शाहले बताए । स्थानीय खेलाडीलाई दिए रंगशाला पटक–पटक बनाउन पर्ने भएको हुनाले राष्ट्रियस्तरको खेलाडीलाई मात्र रंगशालामा खेल्न दिने गरेको अध्यक्ष शाहले बताए ।

शाह भन्छन्, ‘क्षेत्रिय खेलकुद विकास समितीको मातहतमा रहेका रंगशालाको संरचना लथालिङ्ग रहेको छ । क्षेत्रीय खेलकुदको मातहतमा रहेका संरचनालगायत खेलाडीले प्रशिक्षणबापत लिने शुल्कको समेत कुनै चासो दिइएको छैन ।’

त्यस्तै प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई पनि नेपालगन्ज रंगशालामा रहेका भवन् तथा संरचनाको अवस्था प्रयोग हुन नसकेकाले घाँसे चौरमा परिणत भएको बताउँछन् । उनी जिल्लामा खेल प्रतियोगिता संचालनमा कमी भएका कारण रंगशालालाई प्रयोग गर्न नसकिएको बताउँछन् ।