नेपालगन्ज ४ असोजः बाँकेमा सञ्चालित अबैध तथा मापदण्ड विपरित क्रसर र बालुवा प्रसोधन उद्योगहरुको छड्के अनुगमन गरिएकोछ । जिल्ला समन्वय समिति बाँकेले मंगलबार नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गरेको हो ।
टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ स्थित मुगुवा खोला, शक्तिमाँ क्रसर उद्योग, राप्तीसोनारी प्रोसेसिङ प्रालि लगायतको अनुगमन गरेको छ । समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले अनुगमनका क्रममा अबैध उत्खननमा संलग्न रहेको अवस्थामा २ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
टोली अहिले पनि अनुगमनमै रहेको बताइएको छ । नियमित रूपमा अनुगमन नहुँदा जिल्लाका नदी तथा खोलामा अबैध उत्खनन बढेको गुनोसो सुनिने गरेको छ । सोही गुनासोका आधारमा समन्वय समितिले मंगलबार छड्के अनुगमन गरेको हो ।
यसअघि गत जेठ दोस्रो साता मात्रै नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाउदैँ राप्तीसोनारी गाउँपालिकाले स्थलगत अनुगमन गरेको थियो ।
गाँउपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडाअध्यक्ष, प्राविधिक, सञ्चारकर्मी र सुरक्षाकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
गाउँकार्यपालिका(बोर्ड)बैठकले हालै अबैध उत्खनन् रोक्ने निर्णय गर्दै घाटगद्दीको स्थलगत अनुगमन गर्ने र प्राविधिक कर्मचारी, सुरक्षा निकाय लगायतको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने निर्णय गरेको थियो ।
स्थलगत अनुगमन गरेको उक्त टोलीले राप्तीसोनारी गाउँपालिका विभिन्न वडाका विभिन्न स्थानमा घाटगद्दी गरेर राखिएका नदीजन्य सामाग्री नापजाँच गरेको थियो । गाउँपालिका अध्यक्ष पौडेलले अबैध रुपमा सञ्चालन भएका नदीजन्य पदार्थमा आधारित जुनसुकै उद्योगको नियमन गरिने बताएका थिए ।
यस्तै जिल्ला समन्वय समिति बाँकेले २०७७ असार दोस्रो साता बाँकेमा सञ्चालित अबैध तथा मापदण्ड विपरित क्रसर र बालुवा प्रसोधन उद्योगहरु बन्द गरिएको थियो । सो बेला बाँकेका सहायक सिडिओ दीर्घराज उपाध्यायको टोली अनुगमनमा खटिएको थियो ।
अनुगमन पश्चात उक्त टोलीले तत्कालिन बाँकेका सिडिओ कुरुम्वाङ्ग समक्ष रिपोर्ट बुझाउँदा बाँके जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्योग मध्ये २४ वटा अवैध ठहरिएका थिए । सोही रिपोर्टका आधारमा बन्द गरिएकोछ ।
नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुर्नसंरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।
उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । तर, यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्नु परको कुरा दर्तासमेत भएका छैनन् ।
घरेलु तथा साना उद्योग कार्यालयको एक तथ्यांक अनुसार बाँके जिल्लामा मात्रै १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् ।
थप समाचार
नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्तीसोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर