यस्तो छ जमरा उमार्ने विधी र यसको धार्मिक महत्व तथा स्वास्थ्य लाभ


यस्तो छ जमरा उमार्ने विधी र यसको धार्मिक महत्व तथा स्वास्थ्य लाभ

नेपालगन्ज १० असोज : विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका छन् ।

जमराको महत्व
दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू) का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।

कसरी उमार्ने ?

जौको जमरा उमार्नका लागि शुद्ध एवं अग्र्यानिक बिजको प्रयोग गर्ने । सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने । अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ। एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुपर्छ । सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ । गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

कति उपयोगी ?

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधिय गुण पनि हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने बस्तुको रुपमा लिइएको छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिन्छ ।

जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता समस्यामा सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा गर्छ । जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ ।

जमराको जुस

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?

–यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।
– सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
–एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

थप समाचार

आजबाट बडादशैँ शुरु