मानव बेचबिखनविरुद्धको लडाईँः अन्तरदेशीय संयन्त्र निमार्णमा जोड


मानव बेचबिखनविरुद्धको लडाईँः अन्तरदेशीय संयन्त्र निमार्णमा जोड

मानव बेचबिखनविरुद्ध नेपालगन्जमा भएको क्रस बोर्डर वर्कशपका सहभागिहरु । तस्विर:विजय मल्ल /सेतोखरी

नेपालगन्ज १४ पुष : मानव बेचविखनविरुद्धको लडाईँमा अन्तरदेशीय संयन्त्र निमार्णमा जोड दिइएकोछ । नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचविखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका हुन् ।

माईती नेपालले नेपालगन्जमा आयोजना गरेको मानव बेचविखनविरुद्ध ‘क्रस बोर्डर वर्कसप’मा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको लडाईँका लागि अन्तरदेशीय संयन्त्र निमार्ण गर्नुपर्नेमा जोड दिएका हुन् ।
मानव बेचविखन दुवै देशको समस्या भएकाले त्यसको रोकथामका लागि स्थानीयस्तरदेखि नै दुवै देश मिलेर अघि बढ्नुपर्ने उनीहरुको एक्यबद्धता छ ।

नेपालगन्जमा आयोजित नेपाल–भारत क्रस बोर्डर वर्कशपमा सहभागि दुबै देशका आधिकारीहरुले दुवै देशको सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी संघसस्थाबीचमा मानवबेचविखनविरुद्धको लडाईँका लागि प्रभावकारी संयन्त्र बनाई लाग्नुपर्ने बताए ।

यस्तो संयन्त्रले दुईदेशबीच सही सूचना आदानप्रदान हुनुका साथै पीडीतको उद्दार तथा बेचविखन हुनबाट रोकथाम गर्न सकिने हुँदा यो मुद्दामा नेपाल–भारत मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालसँगै भारतमा समेत मानवबेचविखनमा परेकाको उद्धार गर्ने संयन्त्र छैन । अधिकारी र संघसंस्थाले व्यवहारिक हिसाबले उद्धार गरिरहेकाछन् । मानव बेचविखनविरुद्ध काम गरेका संघसंस्थाले उद्धार संयन्त्र बनाउन जोड दिइरहेकाछन् ।

उनीहरुले यस्तो संयन्त्र राज्य तहबाटै निर्माण भइ कार्यान्वयन भएमा बेचविखनमा परेकाको उद्धार तथा पुर्नस्थापनाका लागि कानूनी अड्चन समेत ब्यहोर्नु नपर्ने बताएका थिए ।

बेचविखनमा परेकाको उद्दार, पुर्नस्थापनाका लागि दुवै देशबीच स्पष्ट नीति समेत नभएको उनीहरुको गुनासो छ । कतिपय अवस्थामा नेपाललाई भारतमा र भारतलाई नेपालमा बेचविखनमा परेकाको उद्धार, पुर्नस्थापना गराउन गाह्रो हुँदा मानवबेचविखन विरुद्ध क्रियाशील संघसंस्थाकै भर पर्नुपरको उनीहरुले अनुभव सुनाए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचविखन रोकथाम चुनौतीपूर्ण रहकेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र संघसंस्था मिलेर अघि बढ्नु पर्ने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्दा दुई देशको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकमा प्रमुख रुपमा उठ्ने रेको स्मरण गर्दै यो समस्या दुवै देशको भएकाले दुवै देश चनाखो हुनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी खत्रीको सक्रियतामा गतवर्ष पुष ७ गते नेपालगन्जमा भारका ७ जिल्ला र नेपालका ८ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक बस्दा मानव बेचबिखन रोकथाम प्रमुख मुद्दा बनेको थियो । प्रजिअ खत्रीले मानव बेचविखन भारतमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकमा समेत भइरहेकोले भारतले यस विषयमा सहयोग गर्नुपर्ने बताए ।

भारतको एसएसबी ४२ नम्बर बटालियनका कमाण्डेड तपन कुमार दासले मानव बेचविखन रोकथामका लागि ह्वाट्सअप ग्रुप बनाएर यस प्रकारको अन्तरक्रिया समयसमयमा गरिरहनुपर्ने, विद्यालयस्तरमा मानवबेचविखनविरुद्ध अध्यापन गराउनुपर्ने बताए । उनले बेचविखनविरुद्ध नाकामा नेपाली सुरक्षा अधिकारीसंग मिलेर काम गरिरहेको बताए ।

कार्यक्रममा माईती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले मानव बेचविखनको तौरतरिका, बेचविखनको अवस्थाका बारेमा प्रकाश पारेका थिए । सोक्रममा मानवबेचविखन विरुद्ध क्रियाशील नेपाल र भारतका संघसंस्थाका प्रतिनिधी, सुरक्षा अधिकारी र पत्रकारले आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।