पशुपंक्षीप्रति गरिने निर्दयी व्यवहारविरुद्ध एनिमल नेपालको अभियान


पशुपंक्षीप्रति गरिने निर्दयी व्यवहारविरुद्ध एनिमल नेपालको अभियान

राजन निरौला

नेपालगन्ज १५ माघ : पशु कल्याणको क्षेत्रमा बिगत ३ वर्षदेखि काम गरि रहेको एनिमल नेपालले पशु कल्याण सुनिश्चित विषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेकोछ । पशुपंक्षी कल्याण सुनिश्चितका लागि मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आईतबार नेपालगन्जमा एनिमल नेपालले पत्रकारहरुसंग अन्तरक्रिया गरेको हो ।

पशु कल्याणकाको विषयमा सरोकारवालाको ध्यान जान नसक्दा पशुपंक्षीले सास्ती खेप्दै आउनुपरेको आयोजकको गुनासो छ ।

बरिष्ठ पशु चिकित्सक अतिश कुमार यादबले बिगत ३ वर्षदेखि पशु कल्याणको क्षेत्रमा गरेको कार्यको बारेमा जानकारी दिदैँ पशुपंक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्ने, राम्रो वातावरणमा हुर्कन पाउने, उसको स्वास्थ्यको ख्याल गर्नुपर्ने, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्र भएर बाँच्न दिनुप तथा कुनै पनि मानसिक तनाव दिनु नहुने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

मानिसहरूले पशुपंक्षीलाई निर्दयीरुपमा पाल्ने र मार्ने गरेकाले बरिष्ठ पशु चिकित्सक यादवले पशुपंक्षीको स्वास्थ्य, जीवनका लागि बाँकेसहित देशका काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बारा, काभ्रे, गोरखा र चितवनमा काम गरिरहेको जानकारी दिए ।

वरिष्ठ पशु चिकित्सक अतिसका अनुसार बाँकेमा मात्र एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा वार्षिक २ सय भन्दा बढि कुकुरहरूको बन्ध्याकरण गरिसकेको जानकारी गराए ।

पशुपक्षीहरूलाई पुच्छरमा बाँधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले ढुवानी गर्दा उनीहरुले खेप्नु पर्ने सास्ती बारे गुनासो गर्दै उनले पशुपंक्षी कल्याणमा राज्य र आम नागरिक अघि बढ्न नसकेको बताए । पशुपंक्षी कल्याण सम्बन्धिको परियोजनामार्फत पशु स्वास्थ्य र उनीहरुको अधिकारका सवालमा निरन्तर पैरवी गर्दै आएको बताए ।

स्वस्थ पशुपंक्षीबाट उत्पादित बस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने बरिष्ठ पशु चिकित्सक अतिसले बताउँदै अस्वस्थ पशुपंक्षीबाट उत्पादित बस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुनेसमेत बताए ।

अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानको संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा सफल बनाउन मिडीया तथा सञ्चारकर्मीहरुको साथको अपेक्षा गरेको बताइन् ।

कुखुरालाई यातना सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने उनले जानकारी दिइन । उनले भनिन् ‘कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफै खोज्ने प्राणी हो तर, व्यापार गर्ने नाउँमा कुखुरालाई हलचलसम्म गर्न नदिइ आजीवन जबरजस्ती अण्डा दिन लगाईन्छ ।’ उनले अगाडी थपिन्–‘एक गर्भवती महिलालाई जतिको पोषण र आराम चाहिन्छ त्यति नै एक अण्डा उत्पादन गर्ने कुखुरालाई पनि चाहिन्छ ।’

मानिसहरूले पशुपंक्षीप्रति गर्ने निर्दयी व्यवहारलाई चेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पशुपंक्षी कल्याण सम्बन्धी मिडीयाले प्राथमिकता दिएर कलम चलाउन संयोजक कट्टेलले आग्रह गरिन् ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन र कल्याण निर्देशिका अनुसार पशु पशुपंक्षीको पालन, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई सञ्चारकर्मीको कलमले पालना गराउन सकेमात्र नेपालको पशु कल्याणको अवस्था सुधार हुने आयोजकले जनाएको छ ।

सरकारले मासु तथा अण्डामा नेपाल आत्मनिर्भर बनेको भनेको छ तर, पशु कल्याणका बारेमा अध्ययन अनुसन्धान नगरेको तथा मौन बसेको गुनासो आयोजकले गरेकोछ ।