हवाई सुरक्षाको सवालमा कसैसँग सम्झौता गरिदैन : मन्त्री किराँती


हवाई सुरक्षाको सवालमा कसैसँग सम्झौता गरिदैन : मन्त्री किराँती

नेपालगन्ज १७ फागुनः सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले हवाई सुरक्षाका सवालमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्ज बिमानस्थलमा बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पछिल्लो समयमा हवाई सुरक्षाबारे आम नागरिकको चासो रहेको बताउँदै आफुले यसमा विशेष कडाई गर्न निर्देशन दिएको बताए ।

नेपालगन्ज बिमानस्थल कार्यालय परिसरमा बन्न लागेको अत्याधुनिक टर्मिनल भवनको निरीक्षण गर्न मन्त्रीसहित उच्च अधिकारी नेपालगन्ज आएका हुन् । बिमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण गर्न लागिएको हो ।

हवाई कम्पनीको सामान्य लापरबाहीले गर्दा दुर्घटना हुने गरेको भन्दै अब कुनैपनि विमान कम्पनीले प्राविधिक जाँचमा लापरबाही गर्न नपाउने स्पष्ट पारे । अर्को प्रसंगमा दुई वटा मात्रै जहाजको मन्त्री हुँदा आफु लज्जित हुनु परेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘नेपाल बायु सेवा निगम घाटामा गुज्रिराखेको छ, सधैं घाटामा मात्रै जाने हो भने यो संस्था कसरी माथी उठ्न सक्ला ?’ उनले भने ‘दुई वटा मात्रै प्लेनको मन्त्री हुँदा म आफै लज्जित छु ।’ आन्तरिक ५५ वटा बिमानस्थलमा बायुसेवा निगमको जहाजबाट कसरी उडान भर्ने र जनताको सेवा पुर्याउने भन्ने विषयमा आफुले निगमको नेतृत्वलाई स्पष्ट निर्देशन दिइसकेको उनले बताए ।

निगममा बसेर काम गर्न नसक्ने र संस्थालाई सुधार्न नसक्ने कर्मचारीलाई अब आफुले धेरै समय कुर्न नसक्ने बताए । ‘मैले १ सय दिनभन्दा बढी कुर्न सक्दैन, गाडीमा गियर थप्नैपर्छ, नेपाल बायुसेवा निगममा जागिर खाने मान्छेको काठमाडौंमा कसैको घर छैन भने पुरस्कृत गरिनेछ ।’

यसअघि निरीक्षणका क्रममा मन्त्री किरातीले कार्यप्रगतिबारे जानकारी लिएका थिए । निर्माण कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न निर्देशन दिदैँ मन्त्री किरातीले गुरुयोजना अनुसार काम सम्पन्न भएपछि नेपालगन्ज बिमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न बाटो खुल्ने बताएका थिए ।

किरातीले ‘भब्य र सुविधाजनक टर्मिनल भवन बनिरहेको छ, पश्चिम नेपालको शहर नेपालगन्ज बिमानस्थललाई केन्द्र बनाएर पश्चिम पहाडको बिमानस्थलमा जनतालाई सेवा दिने सरकारको उद्देश्य पनि हो ।’ निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधी सौरभ शर्माले दुई तल्ला सहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडी नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

‘अबको ६ देखी ७ महिनामा स्टकचरको काम सम्पन्न गर्ने र त्यसपछि फिनिसिङको काम गर्न हामीलाई एक÷डेढ वर्ष जति लाग्न सक्छ,’ शर्माले भने ‘तोकिएको समयभन्दा ५/६ महिना अगाडी विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।’

उक्त निर्माण कार्यका लागि शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेको छ । ठेकेदार कम्पनीका अनुसार अत्याधुनिक टर्मिनल भवनको काम सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएको थियो । सम्झौता अनुसार टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिनेछ । अत्याधुनिक टर्मिनल भवन मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइन सहित आन्तरिक र अन्तराष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्ध अधिकारीले बताए ।

नेपालगन्ज विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल पनि हो । पछिल्लो समय नेपालगन्जबाट पोखराका लागि समेत सिधा उडानको परीक्षण भइसकेको छ । सुदूरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल हो ।