अभिमुखीकरणसँगै पत्रकार महिलालाई सुत्केरी भत्ता
नेपालगन्ज २६ फागुन : लुम्बिनी प्रदेशमा २३ प्रतिशत सुत्केरी आमाहरुको रक्त अल्पताका कारण मृत्यु हुने गरेको लुम्विनी प्रदेश स्वाथ्य मन्त्रालयकी नर्सिङ अधिकृत सुनिता ज्ञवालीले बताएकी छन् । लुम्बिीनी प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था बारे जानकारी गराउँदै उनले २३ प्रतिशत सुत्केरी आमाहरुको रक्त अल्पताका कारण मृत्यु हुने गरेको बताएकी हुन् ।
नेपाल सरकारले गर्भवती महिलाको लागि निःशुल्क उपलब्ध गराईरहने आईरन चक्की सेवन नगर्दा रक्त अल्पता हुने बताउँदै उनले भनिन्– ‘लुम्बिनी प्रदेशमा ७३ प्रतिशत गर्भवती महिलाले मात्र आईरन चक्की सेवन गरेको तथ्यांक छ, त्यसैले रक्त अल्पताका कारण मृत्यु हुने सुत्केरी महिलाको संख्या २३ प्रतिशत देखिन्छ ।’
समाजमा प्रजनन् स्वाथ्य शिक्षाको कमी र प्रजनन् स्वाथ्य अधिकारबारे जनचेतना नभएकै कारण धेरै संख्यामा सुत्केरी महिला तथा नवजात शिशुले अकलमा ज्यान गुमाईरहेको उनको भनाई छ ।
बाँके र बर्दियाका महिला जनप्रतिनीधि, महिला अधिकारकर्मी तथा महिला सञ्चारकर्मीहरुलाई शुक्रबार आयोजित प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरणमा ज्ञवालीले सो तथ्यांक प्रस्तुत गरेकी हुन् ।
प्रदेशमा प्रजनन् स्वाथ्यको अवस्था र प्रजनन् स्वाथ्य अधिकारबारे जानकारी गराउने उद्देश्यले सञ्चारिका समुह नेपालको सहकार्यमा लुम्बिनी प्रदेश सरकार स्वाथ्य मन्त्रालय राप्ती उपत्यका दाङ देउखुरीको आयोजनामा अभिमुखिकरण गरिएको हो ।
लुम्बिनी प्रदेशमा ४०६ वटा बर्थिङ सेन्टर, २२ वटा शल्यक्रिया सेवा दिने अस्पताल तथा तीन वटा विशेषज्ञ सेवा दिने अस्पताल भएपनि एक हजार शिशु जन्मिँदा ४० जना शिशुको मृत्यु हुने गरेको तथ्यांक उनले जानकारी दिइन् ।
यस्तै कार्यक्रममा सञ्चारिका समुह नेपाल लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलले प्रजनन् स्वाथ्य र अधिकारका विषयमा सञ्चार माध्यममा उठाउन सकिने विषय बस्तुबारे जानकारी गराएकी थिइन् । पत्रकार महिला तथा नीजी क्षेत्रमा कार्यरत महिलाहरु गर्भवती तथा सुत्केरी भएकै कारण जागिरबाट हटाईएको उदाहरण दिँदै उनले प्रजनन् स्वास्थ्य आम सोकारको विषय बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उठाईएका विषय बस्तुको जवाफ दिँदै स्वाथ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले समाजमा अहिले पनि प्रजनन् स्वाथ्य महिलाको मात्र हो भन्ने बुझाई रहेको बताइन् ।
हरेक मानिसहरु शारिरीक, मानसिक तथा सामाजिक रुपमा नै प्रजनन प्रणली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु पर्ने उल्लेख गर्दै उनले समाजमा प्रजनन् भन्ने वित्तिकै महिलाको मात्र हो भन्नु गलत बुझाई रहेकोले यसमा आवाज उठाउन आवश्यक रहेको बताईन् । उनले पत्रकार महिलालाई प्रजनन् स्वाथ्य र अधिकारका विषयमा कलम चलाउन आग्रह गरिन ।
सोही अवसरमा राससका संवाददाता तथा सञ्चारिका समुह लुम्विनी प्रदेशका महासचिव मेनका चौधरीलाई प्रोत्साहन् स्वरुप नगद ५ हजार सुत्केरी भत्ता प्रदान गरिएको थियो ।
करिव डेढ महिना अघि दोस्रो सन्तानलाई जन्म दिएकी पत्रकार चौधरीलाई अध्यक्ष अमृता अनमोल, लुम्विनी प्रदेश सरकार स्वाथ्य मन्त्रालयका उपसचिव महेश आचार्य, नर्सिङ अधिकृत सुनिता ज्ञवालीले संयुक्त रुपमा रकम प्रदान गरेका थिए ।
पत्रकारिता गरिरहेका महिलाहरुलाई शन्तान जन्माईसकेपछि पारिवारिक जिम्मेवारी र दवावका कारण पेशाबाट पलायन हुने गरेको भन्दै प्रोत्साहन भत्ता स्वरुप सानो रकम प्रदान गर्न सुरुवात गरेको सञ्चारिका समुह नेपाल लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताइन् ।
मेनका चौधरी सहित हालसम्म तीन जना पत्रकार महिलालाई प्रोत्साहन भत्ता प्रदान गरिएको उनले जानकारी दिइन् । सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश कमिटीको आयोजनामा बाँके र बर्दियाका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि २ दिने खोज मुलक पत्रकारिता तालिम पनि शुक्रबार समापन भएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी