बाँकेको ढकेरी पार्कमा घुम्दै आन्तरिक पर्यटक । तस्बिर सौजन्यः गोविन्द अचार्य
नेपालगन्ज ३ वैशाखः विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेर रङ्गीचङ्गी बनेपछि बाँकेको ‘ढकेरी’ पार्क आन्तरिक र बाह्य पर्यटकको घुईचो बढेकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका –९ ढकेरीमा अवस्थित उक्त वनस्पति उद्यान ‘ढकेरी पार्क’मा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।
विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेका कारण पछिल्लो समय पार्कमा आउने र टिकटक बनाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ । ढकेरी वनस्पति उद्यानका सहायक वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते करिब एक हजार जनाले पार्कको अवलोकन गरेका छन् ।
‘सामाजिक सञ्जाल टिकटक बनाउनकै लागि दाङ, बर्दियालगायतका जिल्लाबाट समेत पर्यटकहरू आउनेगरेका छन्’ सहायक वैज्ञानिक अधिकृत भण्डारीले भने,‘अहिले ढकेरी पार्क आकर्षक र रोमाञ्चक पनि भएको छ ।’ अन्य समयमा सार्वजनिक बिदाको दिनमा २०० जनासम्म आउने, पार्कमा सामान्य दिनमा दैनिक २० देखि ५० जनासम्म आउनेगरेका छन् ।
नयाँ वर्षको दिनमा नेपालगन्जबाट पार्क घुम्न गएका विनोद चन्दले सुन्दर पार्कभित्र प्रवेश गर्दा मनै आनन्दित भएको अनुभूति भएको बताए । उनले भने–‘यसअघि बाँकेको गाभर भ्याली सम्म गएको भएपनि चारैतिर विभिन्न प्रजातीको फूलहरु ढकमक्क फुलेको देख्दा मन हर्षित र उल्लासमय बन्यो ।’
चन्दले अगाडी थपे–‘परिवारसँग पहिलो पटक घुम्न जाँदा श्रीमती र बच्चाहरु यहाँ आएर घुम्न आनन्दित भए । समय वितेको पत्तो नै भएन ।’
यस्तै अर्का नेपालगन्ज राँझाबाट नयाँ वर्ष मनाउन उक्त उद्यान गएकी कृष्णा बुढामगरले भनिन्–‘नेपालगन्जको उकुसमुकुस गर्मीबाट राहत पाउन यो जत्तिको ठाउँ अरु कहाँ होला र ।’ बुढामगरले अगाडी थपिन्–‘राजमार्गसंगै रहेको व्यवस्थित पार्कमा साथीहरुसँग खुबै रमाइलो गरियो । यहाँ फुलेका फुलहरुमा हामीहरुले टिकट पनि बनाऔं ।’
उनले अगाडी थपिन्–‘धेरै वर्ष पहिले तिहारमा देउसीभैलो खेलेपछि साथीहरुसँग पिकनिक खान यहाँ आएको थिएँ । उहिले र अहिले पार्कले मुहार नै फेरेको पाएँ ।’
पार्कभित्र विभिन्न थरिका फुलहरूले यतिबेला चारैतिर रङ्गिएको छ । पार्कभित्र विभिन्न प्रजातिका फूलसहित करिब चारसय प्रजातिका अन्य वनस्पति रहेका छन् । पार्कभित्र चेरी, डालिया, पिटुनियालगायतका बहुबर्षीय र मौसमी फूलहरू छन् । जसले गर्दा यहाँ आउने आन्तरिक तथा बाह्र पर्यटकको रोजाई समेत बन्दै गएकोछ ।
पार्कमा अध्ययनका लागि बाँके बाहिर बर्दिया, कैलाली, सुर्खेत, पाल्पा, प्यूठान, काठमाडौं, पोखरा र कपिलवस्तु लगायतबाट विद्यार्थी आउने गरेका छन् ।
ढकेरी पार्कले वनस्पतिहरूको सङ्कलन, पहिचान र संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । ढकेरी पार्क अवलोकनका लागि भारतीय पर्यटक समेत आउनेगरेका छन् । विशेषगरी नेपाली सीमानाका रुपैडिहा, वावागञ्ज, बहराईच र लखनउबाट समेत यहाँ आउने गरेकाछन् । यसरी यहाँ आउने भारतीयहरुमा केही नेपालमा आफन्तकोमा आएका बेला मौका जुराएर आउने गरेका हुन् ।
बाँकेमा घुमघाम र रमाइलो गर्न सीमित ठाउँहरु छन् । जसका कारण यहाँबाट घुमघाम र रमाइलो गर्नका लागि अन्यत्र जिल्ला र भारतीय विभिन्न ठाउँ जाने गर्दछन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ