लघु उद्यमीहरुलाई उद्यमशीलता विकास तालिम 


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १, २०८१
लघु उद्यमीहरुलाई उद्यमशीलता विकास तालिम 

नेपालगन्ज १ जेष्ठ : प्राकृतिक स्रोतमा आधारित उद्यम ब्यवसाय गरिरहेका कैलाली, बाके, बर्दिया र दाङ्ग जिल्लाका लघु, साना र मझौला उद्यमीहरुको तीन दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।

युयसएड बायोडाईभरसिटी जल,जंगल परियोजना धनगढीले आयोजना गरेको उद्यमशीलता तालिममा बेतबास, दुनाटपरी, माटोको भाडा,  हस्तकला, बेलको जुस, माछा र मौरी पालन ब्यबसाय सञ्चालन गरेका १० जना महिला सहित २२ जना उद्यमीहरु सहभागी भएका थिए ।

प्राकृतिक स्रोतमा आधारित प्रकृतिले उपहार स्वरुप प्रदान गरेका कच्चा पदार्थहरुको दीगो प्रयोग गरि लघु, साना तथा मझौला उद्योगहरु सञ्चालन गर्दै आएका उद्यमीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजनाका उद्यम विकास अधिकृत भुपेन्द्र पाण्डेयले बताए ।  

प्राकृतिक स्रोतमा आधारित उद्यम सञ्चालन गरिएका ब्यबसायीहरुले खेप्नु परेका समस्याहरुको पहिचान गर्ने, उद्यमीहरुलाई वित्तिय साक्षरता, बजारीकरण, उपयुक्त प्रविधि, सीप विकास र लघु वित्तमा पहुँच बढाउने जस्ता बिषयमा बिज्ञ प्रशिक्षकबाट तालिम दिइएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

वन पैदावार र पानी लगायतका प्राकृतिक साधन स्रोतको संरक्षण र ब्यवस्थापन गरेर नयाँ–नयाँ उद्यमहरु सञ्चालन गर्न सकिने प्रचुर संभावना भए पनि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबाट अझै पनि लघु, साना र मझौला उद्यमीहरुले सहयोग र संरक्षण पाउन नसकेको बर्दियाको ठाकुरबाबामा दुना टपरी उद्यम सञ्चालन गर्दै आएकी देबी बिश्वकर्माले बताइन् ।

दाङको गढवामा माटोको भाडा उद्यम सञ्चालन गर्दै आएका शिब नारायण चौधरीले प्लाष्टिकमा सामाग्रीहरुको प्रयोग बढ्दै गएका कारण माटोको भाडाहरुले बजार पाउन नसेको बताउँदै माटोको भाडा उद्यमीहरुलाई प्रोत्साहन र संरक्षण गर्ने नीति ल्याउनु पर्ने बताए ।

तीन दिने उद्यमशीलता तालिमले उद्यम गर्दा पूँजीको ब्यवस्थापन, प्रबिधिको प्रयोग र बजारीकरणका लागि आवश्यक पर्ने ज्ञान र सीपहरु सिक्ने अवसर पाएको कैलालीको टीकापुरकी बेतबास उद्यमी सोनमति चौधरीले बताइन् ।