गर्मीमा एसी : किन पड्किन्छ, कसरी जोगिने ?


सेतोखरी सेतोखरी   बुधबार, जेठ २३, २०८१
गर्मीमा एसी : किन पड्किन्छ, कसरी जोगिने ?

नेपालगन्ज २३ जेठ : उत्तर भारतमा धेरै गर्मीका कारण घरमा लगाएको एयर कन्डिसनर्स (एसी) पड्किएर आगलागी भएका केही घटना बाहिर आएका छन् । यी घटनापछि एसीको सुरक्षित प्रयोग र बचावटबारेमा चर्चा सुरू भएको छ । 

अधिकारीहरूका अनुसार बिहीबार उत्तर प्रदेशको नोयडामा एक हाउजिङ सोसाइटीमा लागेको आगोका कारण घरमा लगाइएको एसीको कम्प्रेसर विस्फोट भएको थियो । सो विस्फोटपछि दिनभरी मिडियामा यो आगोको भिजुअलको दृश्य सबैतिर फैलिएको थियो । नोयडा फ्रायड ब्रिगेडका अधिकारी प्रदीपकुमारले पछिल्ला दिनमा १० देखि १२ एसी पड्किएको सूचना पाइएको र यस्ता घटना बिजनेस टावर्समा भएको जनाएका छन् ।

हरियाणाको हिसार जिल्लास्थित बीके न्युरोकेयर अस्पतालमा केही दिन पहिला एसीको कम्प्रेसर फुट्दा आगो लागेको थियो । एसी पड्किनबाट कसरी जोगिने भन्ने बारेमा केही जवाफ खोजौं । 

गर्मीसँग यसको के सम्बन्ध छ ?

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

गर्मी र घरमा लगाइएको एसी पड्किने घटनामा सम्बन्ध रहेको छ । तर, कसरी जोगिने भन्ने बारेमा आईआईटी बीएचयुका मेकानिकल विभागका प्राध्यापक जहर सरकारले यसो भनेका छन् :
कुलिङका लागि एम्बिएंस(कम्प्रेसर आसपास)को तापमान, कन्डेन्सरको तापमानभन्दा करिब १० डिग्री सेल्सियस कम हुनु जरुरी रहेको छ ।  

– भारतमा अमूमन एसीको कन्डेन्सरको तापमान ५० डिग्री सेल्सियससम्म हुने गरेको छ । जब एम्बिएन्सको तापमान कन्डेन्सरको तापमानभन्दा बढी छ, त्यसबेला एसीले काम गर्न छोड्छ । यो अवस्थामा कन्डेन्सरमा प्रेसर बढ्ने गरेको छ । यस कारणले कन्डेन्सर पड्कने सम्भावना बढी हुने गरेको छ । 

कुन कारणले पड्किन्छ एसी ?

अधिक तापमानबाहेक अन्य केही कारणले एसी पड्किन सक्छ ।
– ग्यास लिकेजका कारण पनि एसीसँग सम्बन्धित् दुर्घटना हुन सक्छ । ग्यास कम हुँदा कन्डेन्सरमा बढी दबाब पर्दछ । जसले गर्दा अधिक गर्मी हुन थाल्छ । यसले गर्दा आगो लाग्ने सम्भावना बढेर जान्छ ।
– फोहर क्वाइल पनि अर्को कारण हो  ।  एसीको कुलिङमा कन्डेन्सर क्वाइलको भूमिका महत्वपूर्ण हुन्छ । यसले  हावाबाट गर्मीलाई बाहिर निकाल्छ । जब क्वाइल फोहोर भएर जाम हुन्छ, त्यतिबेला ग्यासको सामान्य प्रवाहमा असर पर्छ । यसमा कन्डेन्सर धेरै गर्मी हुन थाल्छ । साथै आगो लाग्ने खतरा हुन्छ ।
– भोल्टेजको उतारचढाव पनि अर्को कारण हो । लगातार भोल्टेजको उतारचढावका कारण पनि कम्प्रेसरको अपरफर्ममेन्समा असर पर्छ । यो पनि घटनाको कारण हुन सक्छ ।

कसरी जोगिने ?

– धेरै गर्मी भएको समयमा एसीको कम्प्रेसरलाई छायाँमा राखौँ । कम्प्रेसर र कन्डेन्सर युनिटको आसपास सही तरिकाले भेन्टिलेसन हुनुपर्छ, जहाँ हावा आओस् तर गर्मी अधिक नहोस् ।
– नियमित समयमा एसीको सर्भिस गराउनुपर्छ । जसले गर्दा कुनै पनि समस्यालाई समय रहँदै ठिक गर्न सकियोस् ।
– एयर फिल्टर र कुलिङ क्वाइल्सको सफाइ नियमित रूपमा गरौँ । यसले कम्प्रेसरमाथि अधिक दबाब नपरोस् र सही हिसाबले काम गर्न सकोस् ।
– समय समयमा कुलिङ फ्यानको पनि जाँच गरौँ । यदि कुनै  समस्या भएमा तुरुन्त समाधान गरौँ ।

एसी किन्दा के मा ध्यान दिने ?

– एसी जसको कन्डेन्सर तामाको छ, सो आल्मुनियम कन्डेन्सरवाला एसी बढी महंगो भए पनि त्यो राम्रो हुन्छ । तामा पानी वा हावामा आद्र्धताका साथ रिएक्ट गर्दैन । अर्थात् आद्र्धताका कारण त्यो खराब भइहाल्दैन । यसले गर्दा यो निकै मजबुत हुन्छ । 
– अक्सर आल्मुनियम मेटल भएको एसीको स्थानमा तामाको एसीलाई चलाउनु राम्रो भन्ने विज्ञको सुझाव पाइन्छ । -बिबिसीबाट