राप्तीसोनारीमा धान रोपिरहेका दुई महिलाको चट्याङ लागेर मृत्यु


सेतोखरी सेतोखरी   बुधबार, असार २६, २०८१
राप्तीसोनारीमा धान रोपिरहेका दुई महिलाको चट्याङ लागेर मृत्यु

नेपालगन्ज २६ असारः बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा धान रोपिरहेका दुई महिलाको चट्याङ लागेर मृत्यु भएकोछ । भने दुई महिला घाईते भएका छन् । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर– हरिहरपुरमा हिजो मङ्गलबार बेलुका करिब ६ बजेतिर धान रोपिरहेका ३२ वर्षीय सम्झना बिक र निनादेवी उपाध्यायमाथि चट्याङ खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

अस्पताल पु¥याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको डिएसपी डाँगीले जानकारी दिए । 

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् चट्याङबाट बच्न के गर्ने ?

मृतकको शव पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । चट्याङमा परी थप दुई जना महिला घाईते भएका छन् । 

घाइते हुनेमा ३१ वर्षकी सलिना केसी र ३० वर्षकी विष्णु ओली केसी रहेका छन् । उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

नेपालमा हरेक वर्ष सरदर एक सय जनाको मृत्यु चट्याङबाट हुन्छ । राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७१ देखि आज (असार २५ गते)सम्मको अवधिमा देशभर ३१४५ वटा चट्याङका घटनामा १२१६ जनाले ज्यान गुमाएका छन् । ती घटनाहरुमा ३१४५ जना घाइते बनेका छन् । पछिल्लो एक दशकमा चट्याङबाट सबैभन्दा धेरै मकवानपुरमा १७ जनाले ज्यान गुमाउँदा झापामा १६ जनाको मृत्यु भएको छ । 

प्राधिकरणको अभिलेख अनुसार यो अवधिमा सबैभन्दा कम चट्याङ डोल्पा जिल्लामा परेको छ । डोल्पामा यसबीचमा चट्याङका दुइटा मात्रै घटना भएको छ भने मानवीय क्षति छैन । कालिकोटमा पनि यो अवधिमा मानवीय क्षति छैन । विपद विज्ञ रामकुमार दाहालका अनुसार कर्णाली नेपालको सबैभन्दा कम चट्याङ पर्ने प्रदेश हो । सबभन्दा धेरै संख्या कोशी प्रदेशमा छ ।

यति धेरै मानवीय क्षति भइरहे पनि मनसुनजन्य विपदका बाढी, पहिरो, डुबान र कटानको जे–जति चर्चा हुन्छ, त्यसको थोरै अंश पनि चट्याङबारे हुँदैन । तत्कालै ज्यान लिइहाल्ने चट्याङबारे समाजले धेरै गम्भीरता नदेखाएको उनको भनाइ छ ।