नेपालगन्ज १८ भदौ : यसपटकको दशैँमा नयाँ नभइ सुकिला नोट साट्न पाइने भएकोछ । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको हो ।
केन्द्रिय बैंककमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकाले यसपटक दसैँमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकले तयारी गरेकोछ ।
बैंकका सूचना अधिकारी एवम सहप्रवक्ता डिल्लाराम पोखरेलले भने–‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन ।’
राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले भने, ‘एकपटक चलनचल्तीमा आएरका सुकिला नोट नै यसपटक दसैंमा सटही गर्न लागिएको हो ।’
विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवसथा हुने उनले बताए ।
विगतदेखि नै नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही गर्ने वयवस्था गर्दै आएको थियो । साना दरको १÷१ सेटको दरले १८ हजार ५ सय रुपैयाँको नयाँ नोट सटही गर्ने व्यवस्था केन्द्रिय बैंकले गर्दै आएको थियो ।
गत वर्ष साटिएका नयाँ नोट केन्द्रिय बैंकमा फिर्ता आएका कारण सोही नोट यो वर्षको दसैँमा सटही गर्ने व्यवस्था हुने उनले बताए । ठूला दरका नोट पनि सुकिला नोट नै बजारमा पठाइने उनले बताए ।
नेपाल विश्व एकमात्र त्यस्तो देश हो जहाँ चाडपर्वमा नयाँ नोटको व्यापक माग हुन्छ । दशैँमा नयाँ नोटको विशेष महत्व मानिन्छ । नयाँ नोट साट्नका लागि बैंकहरूमा सर्वसाधारण भीड लाग्नेगर्छ ।
नेपालमा विभिन्न चाडपर्व तथा संस्कारमा मुद्राको प्रयोग गनुपर्ने भएकाले पनि नयाँ नोटको महत्व बढेको छ । चाडबाडमा बालबालिकादेखि सबैको अनुहारमा यसले हर्ष ल्याउँछ । दक्षिणा लिने र दिने दुबै नयाँ नोट पाएपछि खुसी हुनेगर्छन् ।
दशैंका बेला नयाँ नोट चाहिने नेपाली संस्कृति भए पनि अन्य देशमा पनि नयाँ नोटको थोरै महत्व छैन । नेपालीलाई दशैंमा नयाँ नोट नभई हुँदैन तर, नोटलाई मैला र झुत्रो बनाउने पनि दशैंले नै हो । दक्षिणा दिँदा नोटमा टिका पनि राखिदिने चलनले नोट मैलो हुने गर्छ ।
दशैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो भन्ने कुराको कुनै यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन । तर, २०१६ सालमा स्थापना भएको नेपाल राष्ट्र बैंकमा त्यसबेला गभर्नर हिमालय शमशेर राणा थिए । त्यसको अर्काे वर्ष अर्थात् २०१७ सालको दशैंमा देशभर नयाँ नोट पठाइएको बताइन्छ । यही मितीबाट दशैंमा नयाँ नोट साट्ने थालिएको मान्न सकिन्छ ।
नयाँ नोट चाहिनु र नोटलाई नयाँ नै राखिनु फरक कुरा हो । नेपालमा जति झुत्रो नोट पनि चल्छ । तर, छिमेकी भारत तथा चीनमा च्यातिएको तथा झुत्रो नोट चल्दैन । नेपालमा पनि नोट बिगार्न, च्यात्न, केरमेट गर्न नपाइने कानून छ तर, यसको प्रभावकारी लागू भएको छैन ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?