म भकुण्डो 


–डबल महतारा  –डबल महतारा    आइतबार, भदौ २३, २०८१
 म भकुण्डो 

भकुण्डो हुँ थोत्रो टुट–फुट भा’को नचलने
कुनामा फ्याँकेको म भुससरि कैल्यै नफलने ।
कसैले कैल्यै छैन नजर नि ला’को मन पनि 
सबै गाली दिन्छन् हरबखत रद्दी र’छ भनी ।१।

जवानै हुँदा ती सब जन त माया गरदथे
उफारी बेस्मारी मकन कति हावा भरदथे ।
सिकाएँ खेलाडी बनन–नव आफै म रगडी
जिताएँ खेल् सारा हरतरह तोडी गडबडी ।२।

फुटाले खेलेरै सय पटक बिर्से जब गए
नचिन्ने अर्काको गुनजस नि मूर्खैसरि भए ।
थिए रङ्गैशाला–भरि विगत मेरा दरशकै
नआएरै ऐले नजिक पनि जान्छन् भरसकै ।३।

नफाटी जर्सी, खेल् रङकलर फेर्‍यौ मनपरी
न भो लेखाजोखा नत कदर मेरो तनभरि ।
कतै गोडा कैले कर अनि त खेल्यौ खुस भई
नजानू बिन्ती यो हजुरकन कैल्यै भुस भई ।४। 

Care City
Kanti Aarogya Hospital Nepalgunj

सधैँ धर्मै लाग्ला  नबिरसनु, बिर्सेपछि खती
पिए ह्विस्की ताने ककड अनि बिग्रिन्छ नि मती ।
म आफै टालूँला नि तनमन फाटो बरु तुनी 
फिरोस् बुद्धि छिट्टै हजुर अब मेरो बह सुनी ।५।
 
(शिखरिणी छन्द : छैठौँ र एघारौँ अक्षरमा विश्राम)