‘कोरोनाले मानसिक समस्या निम्त्याइ रहेको छ’ डा.रचना शर्मा

बिरामीलाई जतिसक्यो माया र केयर दिनु पर्ने चिकित्सकको सुझाव


‘कोरोनाले मानसिक समस्या निम्त्याइ रहेको छ’ डा.रचना शर्मा

 


काठमाडौं : कोरोना संक्रमण हुन्छ की भन्ने चिन्ता लाग्छ ? कोरोनाको बेला आम्दानी हुन नसकेकोमा तनावमा रहँदा निद्रा नलागेको धैरै दिन भएको छ भने ख्याल गर्नुहोस् । तपाई बिरामी पर्न सक्नुहुन्छ ।

मनोचिकित्सकहरुका अनुसार, कोरोनाको संक्रमणमा खान मन नलाग्ने, निद्रा नलाग्ने समस्याबाट धेरैजना पीडित भइरहेका छन् । शुरुमा लक्षणहरु देखिने त्यसै बेला समाधान गर्न नसके रोगमा परिणत हुने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुले कारोनाले मानसिक समस्या निम्त्याइरहेको बताएका छन् । कोरोना लागेर ठिक भएका व्यक्तिहरुमा मानसिक समस्या बढी देखिरहेको र उनीहरुलाई पारिवारिक मायाको खाँचो भएको पनि चिकित्सकहरु बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘परिवारका सदस्यले जति सक्यो कारोना भएका व्यक्तिलाई माया देखाउनुस् । उसलाई जति माया दिनुहुन्छ, जति केयर गर्नुहुन्छ ऊ हरेक कुराले छिटो ठिक हुन्छ ।’ चिकित्सकले भने ।

निद्रा नलाग्ने, खान मन नलाग्ने, चिन्ता हुने, डर लाग्ने, मुटु ढुकढुक बढे जस्तो हुने लगायतका लक्षणहरु देखिएको छ भने सजग हुनु पर्ने मनोचिकित्सकहरुको भनाई छ । काठमाडौं मेडिकल कलेजकी मानसिक रोग विशेषज्ञ डा.रचना शर्मा भन्छिन, ‘यी लक्षणहरु लामो समय भइ¥हयो भने पछि डिप्रेशन (उदासीपना), एन्जाइटि (चिन्ता) जस्ता जटिल रोग हुन सक्छ । रोग बढ्दै जाँदा आत्महत्याको विचार समेत आउन सक्छ ।’

कोरोना महामारिको बेला संक्रमण भएर मरिन्छ की भन्ने डरत्रास समाजमा व्याप्त रहेको उनले बताइन् । डर र त्रासले मानसिक तनावका कारण डिप्रेसनको समस्यासमेत देखिने हुन्छ । ‘उमेर वृद्धिसँगै हरेक व्यक्तिको शारीरिक एव मानसिक क्षमतामा कमी आइरहेको हुन्छ । लामो समयसम्म तनावमा रहेमा रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटि पावर) मा पनि कम हुन पुग्छ । शारीरिक एवं मानसिकरुपले पनि कमजोर भइन्छ ।’ उनले भनिन् ।

लामो समयसम्म एक्लोपन भएर बसेका व्यक्तिमा पनि डिप्रेसनको समस्या देखिएको पाइन्छ । भावनात्मक दूरी टाढा भएर पनि जेष्ठ नागरिकहरुमा डिप्रेसनको समस्या आउने डा. शर्माले बताइन् । परिवारका सदस्यहरु संवेदनशील भएर जेष्ठ नागरिकको हेरचाह गरेमा यस्तो मानसिक समस्या नदेखिने उनको सुझाव छ ।

यस्तो समस्याबाट बच्न के गर्ने ?

  • सकारात्मक सोंच राख्ने
  • परिवारका सदस्य एवं साथीहरुबीच घुलमिल हुने
  • आपसमा भावनात्मक सम्बन्ध राख्ने
  • पुस्तक पढ्ने, सिनेमा हेर्ने
  • दैनिकजसो व्यायाम गर्ने
  • दिनहु मौसमि फलफुल सेवन गर्ने
  • खानामा हरियोसागसब्जी एवं सलाद प्रयोग गर्ने
  • धूमपान एवं मद्यपानबाट टाढा रहने
  • दिनहुँ पर्याप्त पानी पिउने