रक्षकद्वारा आगलागी नियन्त्रण सम्बन्धि सेवा शुरु


रक्षकद्वारा आगलागी नियन्त्रण सम्बन्धि सेवा शुरु

नेपालगन्ज : रक्षक ग्रुप अफ कम्पनीजले आगलागी नियन्त्रण सम्बन्धि सेवा सुरु गरेको छ ।

आगलागी नियन्त्रणका लागि प्रयोग हुने पाउडर, फोम , कार्वनडाईअक्साइड ग्याँस, फायर वल, फायर ब्ल्यांकेट, फायर मोडुलर, फायर प्रुफ पोसाक, हेलमेट आदी सामाग्रीहरुको विक्री वितरण आजको दिनदेखि शुरु गरिएको छ ।

यसैगरी यी सामाग्रीहरु को होमडेलिभरी र फिटिङ्गको सेवा पनि रक्षकले दिने भएको छ । यी उपकरणहरु कसरी प्रयोग गर्ने भन्नेवारे तालीमप्राप्त र अनुभबी रक्षकहरुले अनुशीक्षण दिने छन् ।

रक्षक ग्रुप अफ कम्पनीज छोटो समयमै गुणस्तरिय सेवा तथा दक्ष र तालीम प्राप्त जनशक्तिका कारण चर्चित बन्न पूगेको रक्षक सेक्युरिटिजको मात्रृ संस्था हो ।

Kids Festival 2022
kanti aarogya hospital

रक्षक ग्रुप अफ कम्पनीजका कार्यकारी अध्यक्ष जयनारायण शाहले काठमाण्डौ वालुवाटार स्थित कर्पोरेट अफिस र नेपालगंज बुलबुलिया स्थित अफिस बाट घटस्थापनाकै दिन देखी एकसाथ यो सेवा शुरु गरिएको वताए ।

निकट भविश्यमा ‘ आउटलेट ’ खोलिने छ । ‘ नेपालगंंज जस्तो प्रचण्ड गर्मी हुने क्षेत्र मा यो सेवाबाट धेरै जना लामान्वित हुनेछन् ’ ‘शाहले भने’ ‘ उद्योग धन्दा र व्यवसायिक क्षेत्रले मात्र होइन प्रत्येक घरमा , प्रत्येक भान्सामा यस्ता उपकरण आवश्यक छ ।

नेपालगंजमा भएको ठुलो आगलागी नियन्त्रणमा प्रहरीको समन्वयमा रक्षकहरु खटाइएको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो कार्यमा रक्षकहरु खटिने प्रतिवद्धता पनि रक्षक सेक्युरिटिजले दोहो¥याएको छ ।