नेपालगन्जः नेपालगन्ज म्याराथनका विजेताले ओलमिक खेल्न पाउने भएकाछन् । आगामी मंसिर ६ गते नेपालगन्जमा हुने छैठौँ ‘धारा नेपालगन्ज म्याराथन’का विजेताले नेपालको तर्फबाट ओलम्पिक खेल्न पाउने भएका हुन् ।
म्याराथन जित्ने खेलाडी आगामी सन् २०२१ को मे महिनामा जापानमा हुने ओलम्पिक खेलका लागि सहभागी हुन पाउने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिए ।
कोरोना भाइरसका कारण आठ महिनादेखि देशभर खेलकुद ठप्प भएको बेलामा क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथनलाई निरन्तरता दिन लागेको हो ।
शाहका अनुसार ‘नेपालगन्ज म्याराथन’लाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनोटको रुपमा लिइएको छ । नेपालगन्ज म्याराथन जित्नेले ओलम्पिकका लागि नेपालमा हुने छनोट प्रतियोगितामा सहभागिता जनाउने र त्यहाँ छनोट भएपछि नेपालको प्रतिनिधित्व गर्दै जापानमा हुने ओलम्पिकमा सहभागिता जनाउने शाहले जानकारी दिए ।
उनले भने–‘ओलम्पिक खेल्नका लागि यो सुनौलो मौका हो । नेपालगन्ज म्याराथनलाई देशभर हुने म्यारथनको ‘ए’ क्याटोगरीमा राखी एथलेटिक्स संघले मूल्यांकन गरिरहेकोछ ।’
आयोजक क्रियटिभ ह्याण्ड्सले आईतबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन सुझाव दिए । उनले आगामी दिनमा नेपालगन्जमा नेपाल–भारतबीचको अन्तरदेशिय म्याराथन प्रतियोगिताको शुरुवात गर्ने रणनीति लिएको भन्दै यसका लागि आवश्यक पहल समेत गर्ने बताए ।
टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, सहप्रायोजक आशीर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक नेपालगन्ज म्याराथनमा दुई वटा विधा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार ‘फन रन’का रुपमा ‘कर्पोरेट रन’ पनि समावेश गर्ने तयारी रहेको छ ।
उनले कोरोना भाइरस संक्रमणकाबीच नेपालगन्ज म्याराथनलाई जिवन्त राख्न र यसको निरन्तरताका लागि भएपनि यस वर्ष दुई वटा विधामा मात्र म्याराथनको आयोजना गरिदैछ । वातावरण सहज बने यसअघिका विधालाई आगामी वर्षमा समेत सामेल गर्ने ठकुरीको भनाइछ ।
क्रियटिभ ह्याण्डका अध्यक्ष ठकुरीका अनुसार नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउदले उपाधी जितेका थिए ।
यस्तै गरि महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।
गतवर्ष म्याराथन जित्नेले ५० हजार र हाफ म्याराथन जित्नेले २५ हजार नगद पुरस्कार जितेका थिए । भने यसवर्ष कोरोना भाइरस संक्रमणका कारण विजेतालाई प्रदान गरिदै आएको पुरस्कार राशीका बारेमा छिटै निर्णय गरिने अध्यक्ष ठकुरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
गतवर्ष ५ किलोमिटर महिला तथा पुरुषको विद्यालय स्तरीय तथा खुल्ला दौड, ८ देखि १२ वर्ष उमेर समुहका दौड र शारीरिक रुपमा अशक्तहरुका लागि पनि दौड स्पर्धा गरिएको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’