गुणस्तरीयसँगै विशिस्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै कान्ति आरोग्य अस्पताल


विजय मल्ल विजय मल्ल   बिहीबार, असोज १०, २०८१
गुणस्तरीयसँगै विशिस्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै कान्ति आरोग्य अस्पताल

नेपालगन्ज १० असोज : साविकको मध्य तथा सुदूरपश्चिमको केन्द्रविन्दूका रुपमा रहेको नेपालगन्जमा एकपछि अर्को गरि विशेषज्ञ चिकित्सकसहित सुविधासम्पन्न, अत्याधुनिक, विश्वसनीय तथा गुणस्तरीय स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन् । 

नेपालगन्जमै यी सुविधा पाएपछि उपचारका लागि यहाँबाट बाहिर भौतारिनुपर्ने यस क्षेत्रका सर्वसाधरणको बाध्यता क्रमश घट्दै गएकोछ । नेपालगन्जमा रहेको कान्ति आरोग्य अस्पतालले यस क्षेत्रका सर्वसाधरणको यही बाध्यतालाई सम्बोधन गरिरहेकोछ ।

Kanti_arogya_hospital-1-1727328697.jpg
नेपालगन्ज धम्बोझी चोकदेखि केही पर दक्षिणतर्फ रत्नराजमार्गको सिद्धार्थ कटेजको पूर्वपट्टि एभरेष्ट बैंक रहेको छेउमा विशिस्टीकृत चिकत्सकका साथ आधुनिक प्रविधिको प्रयोग गर्दै कान्ति आरोग्य अस्पतालले इमरजेन्सी सेवा सञ्चालन गरिरहेकोछ । 

विशेषज्ञ चिकित्कसका साथ गुणस्तरीय सेवा प्रदान गरिरहेको कान्ति आरोग्य अस्पतालले छोटो समयमै सेवाग्राहीको मन जित्न सफल भएको छ । कान्ति आरोग्य अस्पतालले दिने यो सुविधाबाट यस क्षेत्रका सर्वसाधरणको समय, पैसा बचत हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरिरहेकाछन् । 

साढे पाँच वर्ष अघि क्लिनिक हुँदै हाल अस्पतालका रुपमा आफ्नो सेवा सुरु गरेको कान्तिले यतिबेला विशेषज्ञ सेवा प्रदान गरिरहेकोछ । जहाँ विशेषज्ञ चिकित्सकद्वारा रोगको पहिचान, निदान, उपचार र परामर्श प्रदान गरिन्छ ।

Kanti_arogya_hospital-2-1727328713.jpg
यो जनरल अस्पताल हो । जहाँ गुणस्तरीय, भरपर्दो र सुलभदरमा सेवा उपलब्ध छ । अस्पताल फुल फेजमा सञ्चालन आएको जम्मा तीन वर्ष भएको छ । यो अवधिमा कान्ति आरोग्य अस्पतालले २ हजार भन्दा बढी सफल शल्यक्रिया गरिसकेकोछ । भने यसबीच जटिल रोगको समेत सफल शल्यक्रिया गरिसकेकोछ ।

कान्ति आरोग्य अस्पतालले २४ सैं घण्टा इमरजेन्सी सेवा प्रदान गर्नुका साथै दुरवीन प्रविधिद्वारा पित्त थैली तथा पाठेघरको शल्यक्रिया तथा एपेन्डिक्स हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुलाका साथै शरीरका विभिन्न भागको गाठागुठीको चेकजाँच तथा अप्रेशनको सुविधा दिइरहेकोछ । 

dr.roma_bora_kanti_arogya_hospital-1727328746.jpg
यस्तै अस्पतालले मृर्गौला तथा मुत्र नली सम्बन्धि शल्यक्रिया, मुटु, फोेक्सो, रक्तनली, खानेनली तथा स्तन क्यान्सर सम्बन्धी विशेषज्ञ सेवाका साथ शल्यक्रिया, स्त्रीरोग विशेषज्ञ, स्त्री क्यान्सर रोग विशेषज्ञ, सिजिरियन लगायत स्त्रीरोग सम्बन्धी सम्पूर्ण शल्यक्रिया, कलेजो रोग विशेषज्ञ, नवजात, शिशु तथा बालरोग विशेषज्ञको सेवा प्रदान गरिरहेकोछ । 

यसैगरी फिजिसियन(जनरल मेडिसिन) सुगर, ब्लड प्रेशर, मुटुरोग, पेट, छाती, कलेजो रोग सम्बन्धी सम्पूर्ण उपचार गरिरहेको कान्ति आरोग्य अस्पतालमा हाडजोर्नी, नशा, बाथरोग विशेषज्ञ तथा सबै किसिमको फ्याक्चर र हाडजोर्नीको शल्यक्रिया तथा नाक, कान, घाँटी रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ तथा न्यूरो सर्जन, मानसिक रोगको उपचार गरिरहेरहेको । 

कान्ति आरोग्य अस्पतालमा एनआइसीयू, पीआइसीयू, आइसीयू सरल र सुलभदरमा उपलब्ध छन् । यतिमात्र होइन अस्पतालले नवजात, शिशु तथा बाल शल्यक्रिया समेत गर्दै आएको छ । भने बर्न (जलेको) विरामीको उपचार गरिरहेकोछ । यो सुविधा नेपालगन्जमा कान्ति आरोग्य अस्पतालबाहेक अरुमा छैन । यस्तै दूरवीन प्रविधिद्वारा अप्रेशन सेवा कोहलपुर मेडिकल कलेजपछि कान्ति आरोग्य अस्पतालमा मात्र छ ।

Kanti_arogya_hospital-4-1727328770.jpg
कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक वरीष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रोफेसर डाक्टर रोमा बोरा हुन् । महिलाले नेतृत्व गरिरहेको सम्भवतः जिल्लामै पहिलो र एकमात्र अस्पताल हो यो । थारु समुदायमा हुने रक्त अल्पता सम्बन्धिको थाइलेसिमिया र सिकेलसेलका क्षेत्रमा काम गरेर बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकाले रोमालाई सम्मान समेत गरिसकेकोछ ।

कपिलवस्तुको कृष्णनगर माइत भएकी प्रोफेसर डाक्टर बोराले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस र एमडी गरेकी हुन् । सानैदेखि अध्ययनमा तिक्ष्ण र उत्कृष्ट नतिजा ल्याउने प्रोफेसर डाक्टर बोरा आफ्नी तीन दिदीबहीनी मध्य जेठी छोरी हुन् । 

dr.roma_bora_kanti_arogya_hospital-1-1727328794.jpg
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलका इलेक्ट्रीक व्यापारी सन्दीप अग्रवालसँग विवाह गरेकी प्रोफेसर डाक्टर रोमाले आफ्नो कर्मथलो नेपालगन्जलाई चुनिन् । 

अस्पतालको कार्यकारी भूमिकासँगै समाजलाई सहयोग गरिरहेकी उनी विरामीलाई सन्तुष्ट र निरोगी बनाई घर पठाउन लागि परेकी छन् । यस क्षेत्रका सर्वसाधरणलाई सर्वसुलभ र सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कान्ति आरोग्य अस्पतालमा १५ जना विशेषज्ञ र अनुभूवि चिकित्सक छन् । 

बाँके, बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्लाहरुबाट उपचार सेवा लिन अस्पताल आउने गरेको अस्पतालकी प्रबन्ध निर्देशक वरीष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रोफेसर डाक्टर रोमा बोरा बताउँछिन् । 

dr.roma_bora_kanti_arogya_hospital-3-1727328815.jpg
गुणस्तरीय सेवासँगै सर्वसुलभ जनताको स्वास्थ्य सेवामा योगदान गरिरहेकी रोमा भन्छिन् –‘९० प्रतिशत भन्दा बढी उपचार नेपालगन्जमै सम्भव छ । उपचारका नाममा भारतका विभिन्न अस्पताल, बुटवल र काठमाण्डौं धाइरहेकाछन् ।’
‘उपचारको खोजीमा यसरी अनजानमा भारत धाउनेहरुले दुःख कष्ट धेरै झेल्नुपरेकोछ । भारतका अस्पतालले लिने महंगो शुल्क, भाषागत कठिनाई लगायतले नेपालीहरुले धेरै झन्झट भोगिरहेकाछन्’ उनी भन्छिन्–‘नेपालगन्जमै गुणस्तरीय स्वास्थ्य उपचार भइरहेकोछ । यहाँ आउनेहरु निको भएर फर्केकाछन् । उनीहरु सन्तुष्ट पनि भएकाछन् ।’

‘स्वास्थ्य भनेकै मानव जीवनका लागि अमूल्य कुरा हो । स्वास्थ्यमा हुने सानो लापरबाहीले ठूलो अनि जीवनभरका लागि असर पर्न सक्छ । उपचार र सस्तोका नाममा नेपालगन्जबाट अरु ठाउँ जानै पर्दैन । गुणस्तरीय स्वास्थ्य सेवा स्वदेशमै रहेकोछ । त्यसलाई हामी पुरा गर्न लागि परेका छौं ।’ उनले बताइन् । 

Kanti_arogya_hospital-3-1727328830.jpg