अस्पताल सञ्चालन भएको ४ वर्षपछि पहिलोपल्ट स्तन क्यान्सरको सर्जरी


अस्पताल सञ्चालन भएको ४ वर्षपछि पहिलोपल्ट स्तन क्यान्सरको सर्जरी

नेपालगन्ज : बाँकेको खजुरामा शुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्तन क्यान्सरको सर्जरी गरेको छ । अस्पताल सञ्चालन भएको ४ वर्षपछि क्यान्सर अस्पतालले पहिलो पल्ट स्तन क्यान्सरको सर्जरी गरेको हो ।

स्तन क्यान्सर भए पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेकी कालिकोटकी ६८ वर्षिया लक्ष्मी शाहीको सर्जरी गरेर उपचार गरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण आचार्यले बताए ।

अस्पतालका कार्यकारी निर्देशक एब कन्सल्टेन्ट एनेस्थेसोलिष्ट डाक्टर कृष्ण आचार्य, कन्सल्टेन्ट सर्जन डाक्टर प्रबिन गुप्ता र नर्सिङ अधिकृत रन्जिता ढुंगाना सहितको टिमले स्तन क्यान्सर भएकी ती महिलाको करिब १ घण्टा लगाएर सर्जरी गरेको हो ।

निजी अस्पतालले स्तन क्यान्सरको लागि करिब ५० लाख शुल्क लाग्ने बताए पछि शाही उपचारका लागि क्यान्सर अस्पताल खजुरामा पुगेकी थिएन । क्यान्सर अस्पतालले १० हजार मात्र शुल्क लिएर स्तन क्यान्सरको सर्जरी गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

क्यान्सरका शंकास्पद बिरामीहरुको बायस्पी चेक जाचका लागि चितबनको भरतपुर या भक्तपुर क्यान्सर अस्पतालमा पठाउनु पर्ने अबस्था कायमै छ ।

क्यान्सर अस्पतालमा करिब ७० करोड लगानी भई सकेको छ । लुम्बिनी प्रदेश, कर्णाली र सुदुर पश्चिमका करिब १ करोड भन्दा बढी जनतालाई क्यान्सर रोग सम्बन्धी उपचार सेवा दिने उद्देश्यले स्थापना गरिएको हो । स्वास्थ्य मन्त्रालयले क्यान्सर अस्पताललाई सञ्चालन गर्नका लागि १९ जना बिशेषज्ञ चिकित्सक र ८ जना मेडिकल अधिकृत सहित २७ जना चिकित्सकको दरबन्दी स्बीकृत गरेको छ ।

हाल अस्पतालमा कार्यकारी निर्देशक सहित ११ जना बिशेषज्ञ र ५ जना एमबिबिएस तहका चिकित्सक छन । चिकित्सकहरुको दरबन्दी पुर्ति हुदैं गएपछि अस्पतालले उपचार सेवालाई बिस्तार गर्दै गएको छ ।

अस्पतालले क्यान्सर पहिचान भई सकेका बिरामीहरुलाई औषधी मार्फत दिइने किमो सेवा प्रदान गदै आएको छ । अस्पतालले पछिल्ला दिनहरुमा दैनिक ८ देखि १० जना सम्मलाई किमो सेवा प्रदान गर्दै आएको छ ।

किमो सेवा सुरु भए पछि क्यान्सरका बिरामीहरु लाभान्बित भई रहेका छन् । २०५६ साल देखि निर्माण शुरु भएको क्यान्सर अस्पतालमा अप्रेशन थेटर र १० वेडको आइसियु वाड सहित करिब सम्म एक सय बेड तयारी अबस्थामा छन ।

अस्पतालले बिरामीहरुमा क्यान्सर भए नभएको एकीन गर्नका लागि गरिने हिस्टो प्याथोलोजी एक्जाम्नेशन अर्थात बायस्पी चेक जाच सेवा भने अझै सम्म सुरु गर्न सकेको छैन । क्यान्सर अस्पताल राम्रोसंग सञ्चालन हुन सके लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरुहरुले सहज रुपमा उपचारका सेवा पाउने अबस्था सृर्जना हुने छ ।