सामुदायिक प्रहरीको नेतृत्वमा जोशी चयन


सामुदायिक प्रहरीको नेतृत्वमा जोशी चयन

नेपालगन्ज ३ माघ : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्जको अध्यक्षमा दीपेन्द्र जोशी चयन भएकाछन् । केन्द्रको आठौं साधारण सभा तथा अधिवेशनबाट जोशी अध्यषमा चयन भएका हुन् । जोशी यसअघि उपाध्यक्ष रहेका थिए ।

केन्द्रको उपाध्यक्षमा सञ्जय थापा, सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा माया गुरुङ र कोषाध्यक्षमा श्याम शर्मा चयन भएकाछन् ।

नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा भएको साधरण सभा तथा अधिवेशनमा केन्द्रको सदस्यमा हरिचन्द्र श्रेष्ठ, श्यामबहादुर केसी, रामप्यारे बर्मा, चोलराज श्रेष्ठ, जयदेव अवस्थी, नरेन्द्र श्रेष्ठ, मख्खनबहादुर धामी, सुरेन्द्रकुमार श्रेष्ठ, सरबर प्रसाईँ, ताराकुमारी रोका, सूर्यकुमार श्रेष्ठ, किसन गुरुङ, ईन्द्रकुमार गिरी र प्रदीपप्रसाद श्रेष्ठ चयन भएकाछन् ।

२०५८ सालमा स्थापना भएको केन्द्रको आठौँ साधारण सभा तथा अधिवेशन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले गरेका थिए । उनले केन्द्रले समाजमा अपराध न्यूनीकरणमा सघाउ पुर्याएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

संस्थापक अध्यक्ष अच्युत प्रसाई, कृष्णप्रसाद श्रेष्ठ, वडाअध्यक्ष सुनिलसिंह हमाल, प्रहरी निरीक्षक सुरज खत्रीले समाजमा शान्ति सरक्षा कायम गर्ने कुरामा केन्द्रले सहयोग गरिरहेको बताएका थिए ।

अध्यक्ष शशी स्वाँरले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउँदै केन्द्रले जनचेतनामुलक गतिविधिहरु गरिरहेको बताईन । उनले अपराधमुक्त समाज निर्माणमा केन्द्रले ठूलो सहयोग गरिरहेको बताउँदै स्वाँरले लागुऔषध नियन्त्रण, मानव बेचबिखनविरुद्ध लगायतका गतिविधिमा हातेमालो गरेको बताईन ।

साधारण सभाको अवसरमा माईती नेपाल नेपालगन्ज लगायत सहयोग संघसंस्था, नयाँ सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।