नेपाली सेनाका फलोअर्स र सिपाहीले १६ वर्षमै पेन्सन पाउने


नेपाली सेनाका फलोअर्स र सिपाहीले १६ वर्षमै पेन्सन पाउने

काठमाडौँ ५ माघ : नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन अब १६ वर्षमै पाउनेछन् ।

नयाँ नियमावली अनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् ।

नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएपछि यस्तो व्यवस्था गरिएको हो ।

सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानून मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

यसैगरी, सहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको १७ वर्ष कायम गरिएको छ ।

नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ ।