नेपालगन्ज ५ माघ : नरैनापुर गाउँपालिकाले आगामी माघ ९ गते हिउँदे गाउँसभा गर्दैछ । गाउँसभामा चालू आर्थिक वर्षको बजेट र योजना संशोधन, पारित भएका ऐन, कानून, कार्यविधि र मापदण्ड अनुमोदन, छुटफुट योजना समावेश, बेरुजु असुलउपरको प्रगति लगायतको कार्यसूची रहेको उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवले जानकारी दिइन् ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाउने एजेण्डा पनि गाउँसभामा प्रस्तुत गरिने प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताए ।
एम्बुलेन्स खरिद, आँखा उपचार केन्द्र र आकस्मिक कक्ष सञ्चालनका लागि उपकरण औजार खरिद तथा औषधि पसल सम्बन्धि विषय पनि कार्यसूचीमा रहेको उपाध्यक्ष श्रीवास्तवले बताइन् ।