डुडुवाद्वारा घरमै पुगेर ब्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्रदान


डुडुवाद्वारा घरमै पुगेर ब्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्रदान

डुडुवा (बाँके) ७ माघ : बाँकेको डुडुवा गाउँपालिकाले अनलाईन ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरेको छ ।

बुधबार एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडा नम्बर–२ सन्तलिया गाउँका दीलराज भुजवाका छोरा प्रदीप गुप्ताको जन्मदर्ता प्रमाणपत्र प्रदान गर्दै वितरणको कार्य शुभारम्भ गरे ।

जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पुर्याउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरिएको बताए ।

गाउँपालिकाले केहीदिन अघि अनलाइन व्यक्तिगत घटना दर्ताको विवरण संकलन गरेको थियो । विवरण संकलनपछि अनलाइनमा दर्ता गरि प्रमाणपत्र बनाएर अहिले घरघरमा वितरण शुरु गरिएको स्थानीय पञ्जिकाधिकारी तथा वडासचिव शिवपाल मौर्यले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट बञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घरघरमा पुगेर घटना दर्ताको विवरण संकलन गरि वितरण शुरु गरिएको हो ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्वारा व्यक्तीगत घटना दर्ता शुरु गरेकोछ ।

गाउँपालिकाको वडा नम्बर १ होलिया र वडा नम्बर २ बेतहानीमा बुधबारदेखि शुरु गरिएको घरदैलो अभियान अन्र्तगत करिब ३० जनालाई प्रमाणपत्र वितरण गरेको छ ।

शिविरमार्फत गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरि वडा नम्बर १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह र बसाईसराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले जानकारी दिए ।