हरिजनको निधनप्रति गाउँपालिकाद्वारा शोक वक्तब्य जारी


हरिजनको निधनप्रति गाउँपालिकाद्वारा शोक वक्तब्य जारी

नेपालगन्ज १२ माघ : बाँके डुडुवा गाउँपालिका कार्यालय अन्तरगत स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रमा सहजकर्ताको पदमा कार्यरत राजेश हरिजनको निधन भएको छ ।

मुटुरोगको समस्यताबाट पीडित गाउँपालिका वडा नम्बर–३ निवासी २४ वर्षिय हरिजनको आईतबार राती ११ बजे उपचारका क्रममा निधन भएको हो ।

भारतको लखनाउमा उपचार गराइरहेका हरिजनको निधनले गाउँपालिका कार्यालय स्तब्ध भएको गाउँपालिकाद्वारा जारी शोक वक्तब्यमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीद्वारा जारी शोक वक्तब्यमा अगाडी भनिएको छ ‘शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।’

Kanti Aarogya Hospital Nepalgunj

हरिजनको सोमबार हिन्दु धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।