कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको परीक्षा स्थगित


कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको परीक्षा स्थगित

नेपालगन्ज १९ माघ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो ।

बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np वा www.neb.gov.np मा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै नेपाल टेलिकमको १६०० ल्याण्डलाईनमा कल गरि सिम्बोल नम्बर हाल्ने वा ल्भ्द्य स्पेस सिम्बोल नम्बर टाईप गरि १६०० मा एसएमएस गरि हेर्न सकिनेछ ।

यस वर्ष बोर्डले ४० प्रतिशत अंकका लागि परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।

कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ । परीक्षा स्थगित भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिनेछ ।