आगामी आईतबारदेखि देशभर गर्मी शुरु हुने

बिहीबारदेखि देशभर तीन दिन वर्षा र हिमपात


आगामी आईतबारदेखि देशभर गर्मी शुरु हुने

File Photo

नेपालगन्ज २० माघः माघ महिनाको उत्तरार्धमा देशभरी बाक्लो हुस्सु, कहिरो र हिमपातले जनजिवन अस्तब्यस्त बनायो । लगातार बढेको कठ्याङग्रीने चिसोका कारण तराई, पहाड र हिमाल सबैतिर यसले प्रभाव छोड्यो । तर, अब भने नेपालको मौसममा परिर्वतन आउने भएकोछ ।

जल तथा मौसम विभाग पूर्वानुमान शाखाका कारण आउँदो बिहीबारदेखि मौसममा परिर्वतन भई पानी पर्ने र हिमपात हुने भएकोछ । मौसमविदका अनुसार बिहीबारदेखि बदली भइ पानी पर्ने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने छ ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी शुरु हुने मौसमविदको भनाइ छ ।
मौसमविदका अनुसार अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रममा क्रमिकरुपमा बृद्धि हुँदै जाँदा गर्मी शुरु हुनेछ ।

त्यसो त नेपाली समाजमा माघ १५ पछि क्रमिकरुपमा चिसो घट्दै जाने र गर्मी महसुस हुने मान्यता रहेकोछ । तर, यस वर्ष मौसममा आएको परिर्वतनका कारण माघको अन्ततिरसम्म चिसो उच्च रहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बिहीबारदेखि तीन दिन पानी पर्ने हुदाँ त्यो अगावै देशभरको मौसममा परिर्वतन समेत आइरहेकोछ । देशको मौसममा बदली नेपालको पश्चिमी भागबाट शुरु हुने मौसमविद बताउँछन् ।

यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । जसले गर्दा तराईमा साँझ बिहान हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुनेछ । तर, पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुने मौसमविद बताउँछन् ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।