डुडुवामा मानवअधिकार सूचना व्यवस्थापन प्रणालीको स्थापना गरिदै


डुडुवामा मानवअधिकार सूचना व्यवस्थापन प्रणालीको स्थापना गरिदै

नेपालगन्ज २० माघ : मानवअधिकार कार्यान्वयन अनुगमनका लागि बाँकेको डुडुवा गाउँपालिकामा मानवअधिकारसंग जोडिएका विभिन्न विषय अन्र्तगतका सूचनाहरुलाई अनलाइन प्रणालीमा व्यवस्थापन गरिने भएको छ ।

मानवअधिकार अन्र्तगत संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, महिला, बालबालिका, सामाजिक सुरक्षा, अपराध पिडित, जातिय छुवाछुत लगायतका विभिन्न मौलिक अधिकारको कार्यान्वयनसम्बन्धी तथ्यांकहरु समेटिने गरि अनलाइन सूचना व्यवस्थापन प्रणाली विकास गर्न लागिएको छ ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा आज मानवअधिकार सूचना व्यवस्थापन प्रणालीका बारेमा अभिमुखीकरण गरिएको छ ।

अभिमुखीकरणमा स्थानीय तहका विभिन्न सूचना विवरणलाई अद्यावधिक गरि उक्त प्रणालीमा राखिने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार यो प्रणालीले गाउँपालिकाका प्रत्येक सूचना विवरण खोज्न, प्रयोग गर्न र पालिकाको योजना निमार्ण लगायतमा सहयोग पुग्ने छ ।

Kanti Aarogya Hospital Nepalgunj

अभिमुखीकरणलाई एफ एचआईका मानवअधिकार सल्लाहकार सन्तोष सिग्देल र युथ इन्नोभेसन ल्याबका कम्प्युटर इन्जिनियर विप्लव अधिकारीले सहजीकरण गरेका थिए ।
अभिमुखीकरणको समापनमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, निमित्त प्रमुख प्रशासकिय अधिकृत सञ्जय कर्ण, संस्थाका अध्यक्ष विश्वजित तिवारी लगायतले आफ्नो धारणा राखेका थिए ।

अभिमुखीकरणमा डुडुवा गाउँपालिकाका जनप्रतिनिधी र विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण पश्चात पालिकालका विभिन्न शाखाले तथ्याक संकलन गरि प्रणालीमा व्यवस्थापन गरिनेछ ।