नेपालगन्जका वडाअध्यक्ष लामाको निधन


नेपालगन्जका वडाअध्यक्ष लामाको निधन

नेपालगन्ज २२ माघ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विष्णुबहादुर लामाको निधन भएकोछ ।

स्वास्थ्यमा समस्या आई उपचाररत लामाको बिहीबार बेलुका साढे पाँच बजे उनको निधन भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा सदस्य एवम युवा नेता रमेशप्रसाद तिमिल्सिनाले सेतोखरीसंग कुरा गर्दै वडाअध्यक्ष लामाको निधन भएको जानकारी दिए ।

वडासदस्य तिमिल्सिनाका अनुसार अध्यक्ष लामाको स्वास्थ्यमा समस्या भएपछि दुईहप्ता अघिदेखि उपचाररत थिए । उनको स्वास्थ्यमा सुधार नभएपछि काठमाण्डौं स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा ५२ वर्षिय अध्यक्ष लामाको निधन भएकोछ ।

जेण्डिस, मृगौला र फोक्सो सम्बन्धि समस्याले ग्रसित लामाका दुई छोरा, दुई छोरी र श्रीमती छन् । वि.सं. २०२५ असार २२ गते जन्मिएका अध्यक्षको २०७७ माघ २२ गते निधन भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

वडा सदस्य तिमिल्सिनाले अध्यक्ष लामाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै भने अध्यक्ष ज्यूको शव नेपालगन्ज ल्याउने वा काठमाण्डौं मै दाहसंस्कार गर्ने भन्ने विषयमा परिवारसंग छलफल भइरहेको छ । शुक्रबार बिहान मात्रै थाहा हुनेछ ।