नेपालगन्जको योजनाबद्ध विकासका लागि प्रोफाईल निर्माण गरिदैँ


नेपालगन्जको योजनाबद्ध विकासका लागि प्रोफाईल निर्माण गरिदैँ

नेपालगन्ज ३० माघः नेपालगन्ज उपमहानगरपालिकाले योजनाबद्ध बिकासका लागि नगरको प्रोफाइल तयार गर्न लागिएको छ । साथै खानेपानी र सरसफाइको योजना समेत निर्माण गर्न लागिएको छ ।

प्रोफाईल तथा वासा प्लान निर्माणका लागि छनोट भएका गणकहरुका लागि ६ दिने तालिम शुक्रबार समापन भएको छ ।

तालिमको समापन गर्दै नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले योजनाबद्ध बिकासका लागि तथ्यांक संकलन गर्न लगिएको भन्दै सहि तथ्यांक ल्याउन गणकहरुलाई आग्रह गरे ।

नगर उपप्रमुख उमा थापा मगरले गणकहरुबाट आउने सत्य तथ्य तथ्यांकले नगरको बास्तविक चित्रण आउने बताइन् । अबदेखि तथ्यांकका आधारमा योजना बन्नेछ, उपप्रमुख थापाले भनिन्,‘उद्देश्य र लक्ष्य पुरा गर्न तालिममा सिकेका कुरा ब्यवहारमा कार्यन्वयण गर्नुहोस् ।’

Kanti Aarogya Hospital Nepalgunj

समापन कार्यक्रममा बोल्दै तथ्यांक कार्यालय बाँकेका निर्देशक बेद ढकालले हरेक बिकासका लागि तथ्यांक आवश्यक रहेको बताए ।

कार्यक्रममा तालिमका सहभागी लक्ष्मी सापकोटा र भुमिका ओलीले सत्यतथ्य तथ्यांक संकलनका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए ।

६० जना सहभागी तालिममा उपमहानगरपालिकाका तथ्यांक अधिकृत सुरेन्द्र पन्त, वातावरण ईन्जिनियर प्रकाश डिसि, सूचना प्रबिधि अधिकृत घनश्याम बर्मा र तथ्यांक सहायक ओमबहादुर शाहीले सहजिकरण गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।