अवधी पत्रकारको भेला तथा प्रशिक्षण


अवधी पत्रकारको भेला तथा प्रशिक्षण

नेपालगन्ज ३० माघ : बाँकेमा अवधी भाषी पत्रकारहरुको भेला तथा प्रशिक्षण हुदैँछ ।

अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रिय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाँकेको डुडुवा गाउँपालिका कम्दी स्थित कम्मरशाह बाबा मजारमा शनिबार उक्त भेलाको आयोजना गरिएको हो ।

भेला तथा प्रशिक्षणमा बाँकेका सम्पुर्ण अवधी पत्रकार, तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले जानकारी दिए ।

केन्द्रीय अध्यक्ष मिश्रका अनुसार भेलामा कोरोना महामारीका बेला पत्रकारहरुले भोगेका समस्या, आगामी कार्ययोजना र संघको कार्यालय भवन निमार्णको पहलका विषयमा समेत छलफल र पत्रकार आचारसंहिता एवंम पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

सो अवसरमा वनभोज कार्यक्रमसंगै मनोरञ्जनका क्रियाकिलाप समेत राखिएको भेला तयारी समितिका संयोजक तथा जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार शनिबार विहान १० बजेदेखि शुरु हुने कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भइसकेको छ । सो भेला तथा प्रशिक्षणमा सहभागिताका लागि जिल्लाका अवधी पत्रकारलाई आग्रहस समेत गरिएकोछ ।