व्यवसायी बरालद्वारा शैक्षिक सामाग्री सहयोग


व्यवसायी बरालद्वारा शैक्षिक सामाग्री सहयोग

खजुरा ४ फागुन : खजुरा गाउँपालिका वडा नम्बर–३ धौलागिरीका युवा व्यवसायी राजेश बरालले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

आफू अध्ययन गरेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका बिद्यार्थीलाई सुर्खेतमा बसेर व्यवसायी गर्दै आएका बरालले ६० हजार बराबरको शैक्षिक सामाग्री बितरण गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले आगामी शैक्षिक शत्रदेखि पद्मा दामोदर स्मृति छात्रवृत्ति पनि घोषणा गरेका छन् । तीन वर्षमा कम्तीमा ३० जना विद्यार्थी सहभागी हुन पाउने गरी १ लाख बराबरको छात्रवृत्ति घोषणा गरेका हुन् ।