युवा ब्यबसायी ढकालले गरे मन्दिरलाई सहयोग


युवा ब्यबसायी ढकालले गरे मन्दिरलाई सहयोग

खजुरा ४ फागुन : नेपालगन्जका युवा ब्यबसायी बिमल ढकालले खजुरा ३ धौलागिरीमा निर्माणाधीन सरस्वती मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।

स्वर्गीय बुवा वालकृष्ण ढकालको सम्झनामा उनले ५५ हजार ७ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।

श्रीपञ्चमीको अवसर पारेर नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रगतिशिल आमा समूहका अध्यक्ष कृष्णमाया गुरुङ, पूर्णबहादुर पुन, रामबहादुर थापा, छबबहादुर भण्डारीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

आफूले अध्ययन गरेको बिद्यालयको हाता भित्र निर्माण भईरहेको सरस्वती मन्दिरलाई सहयोग गर्न पाउँदा हर्षित भएको उनले बताएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

समाजसेवी एवं युवा ब्यबसायी ढकालले स्थानीय क्लब लगायत बिभिन्न ब्यक्ति र संघ संस्थालाई सहयोग गर्दै आएका छन् ।