नेपालगन्ज फोटो फेस्टिबल फागुनको १८ र १९ गते हुने


नेपालगन्ज फोटो फेस्टिबल फागुनको १८ र १९ गते हुने

File Photo

नेपालगन्ज ६ फागुन : प्रजातन्त्र दिवसको अवसरमा शुक्रबारदेखी आयोजना गर्न लागिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल प्राविधिक कारणले स्थगित गरिएकोछ ।

आयोजकले उक्त फेस्टिबल यही फागुन १८ र १९ गते गर्ने जनाएकोछ । ‘यसबाट पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं’– अन्तरालका अधिकृत गणेश राईले भने ।
फेस्टिवललाई अझै भव्यता दिने गरी तयारी भैरहेको छ । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गतेसम्म समय थप गरिएको छ ।

फोेटो प्रतिस्पर्धाका लागि ६ विधाहरुमा पठाउन सकिनेछ । फेस्टिवलमा समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद र नेपाल स्माइल(जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ भने फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन ।

फेस्टिवलको प्रतिस्पर्धाबाट छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनमा राखिनेछ । नेपालगन्जसँगै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनीमा राखिनेमा अन्तरालका अधिकृत राईले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । नेपालका वरिष्ठ फोटो पत्रकारले उक्त कार्यशाला सहजिकरण गर्नेछन् ।
यसैगरी फेस्टिवलका अवसरमा प्रतिस्पर्धामा छनोटमा भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीबिच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ ।