नेपालगन्ज ११ फागुन : सरकारले बनाउन लागेको राष्ट्रिय स्वयंसेवा नीति २०७७ को मस्यौदा माथि नेपालगन्जमा छलफल गरिएको छ ।
युथ एडभोकेसी नेपाल र बासको आयोजनामा सम्पन्न राष्ट्रिय स्वयंसेवा नीति २०७७ को मस्यौदा बिषयक बुहपक्षिय सम्वाद कार्यक्रममा सो छलफल सम्पन्न भएको हो ।
सम्वाद कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबले सामाजिक बिकासका लागि स्वयंसेवाको महत्व धेरै भएको बताए । उनले लामो समय पछि जनताले जनप्रतिनिधि पाएता पनि जनताको अपेक्षा बमोजिम काम हुन नसकेको बताए ।
उनले सरकारले बनाउन लागेको स्वयंसेवा नीति देशैभरका युवाहरुको सुझावका आधारमा बनाउनु पर्ने बताए ।
कार्यक्रममा सामाजिक बिकास डिभिजन कार्यालय, नेपालगन्जका गुमान सिंह न्यौपानेले नेपालमा बिगत लामो समयदेखि स्वयंसेवासँग सम्बन्धित कार्यहरु हुँदै आएको भएपनि नीतिगत रुपमा नीति नबनेको अवस्थामा आउन लागेको नीति महत्वपूर्ण हुने बताए ।
युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले राष्ट्रिय स्वयंसेवा नीति २०७७ को मस्यौदा बारे प्रश्तुतिकरण गरेका थिए ।
प्रस्तुतीकरणमा समूहगत छलफल भएको थियो । तीन समूहमा बिभाजन गरिएको सम्वादमा मुना बिष्ट, तपेन्द्र मलाती, शुसिला थारु, बलराम सोनखरले प्रश्तुतिकरण गरेका थिए ।
बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ७० बढिको सहभागिता रहेको थियो ।