एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी


एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

नेपालगन्ज १२ फागुन : आगामी जेठ दोस्रो सताभित्र एसईई परीक्षा सक्ने तयारी गरिएकोछ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको हो ।

शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक शत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक शत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताए । उनले भने, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा सञ्चालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । यसका लागि प्रक्रियामा गइसकेको परीक्षा नियन्त्रक खकुरेलले बताए ।

बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडबृद्धिसहित करिब ५ लाख विद्यार्थी एसईईमा संलग्न हुने छन् ।