राप्तीसोनारीका ५३ प्रतिशत स्कुले किशोरी रक्तअत्पताको शिकार


राप्तीसोनारीका ५३ प्रतिशत स्कुले किशोरी रक्तअत्पताको शिकार

राप्तीसोनारी (बाँके) : बाँके राप्तीसोनारी गाउँपालिकाका ५३ प्रतिशत स्कुले किशोरीमा रक्तअल्पताको समस्या पाइएकोछ । राप्तीसोनारी गाउँपालिकामा रहेका १० देखि १९ वर्षसम्मका ५३ प्रतिशत किशोरी रक्तअत्पताको शिकार भएको गाउँपालिकाको तथ्याङ्कले देखाए हो ।

विद्यालयमा अध्ययनर किशोरीमा रक्तअल्पताको समस्या पाइएपछि गाउँपालिकाले रक्तअल्पताबाट बचाउन फोलिक एसिड अर्थात आईरन चक्की खुवाउँन लागेको हो ।
राप्तीसोनारी गाउँपालिकाले अभियान नै सञ्चालन गरेर गाउँपाकिलाका सबै सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई उक्त फोलिक एसिड खुवाइदैछ ।

रक्तअल्पताबाट बचाउन गाउँपालिकाले गतवर्षदेखि नै फोलिक एसिड खुवाउन शुरु गरेपनि कोरोना भाइरस संक्रमणका कारण स्थगित भएपछि यसवर्ष खुवाउन थालिएको हो ।

गाउँपालिकाका ७१ वटा विद्यालयमा संघीय स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको संयुक्त सशर्त अनुदानको कार्यक्रम अन्तरगत १० वर्षदेखि १९ वर्षसम्मका किशोरीलाई फोलिक एसिड खुवाउन थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीलाई लक्षित गरी सञ्चालन गरिएको फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धित विद्यालयले समन्वयको जिम्मेवारी लिइ विद्यालयका शिक्षकशिक्षिका तथा व्यवस्थापन समितिले कार्यक्रम सफल पार्न सहयोग गरेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण फोलिक एसिड खुवाउन गाउँपालिकाले यही माघमा सबै विद्यालयमा पत्राचार गरी फागुनबाट पुनः खुवाउन लागिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख बुद्धिप्रसाद चुडालीले जानकारी दिए ।

उनका अनुसार विद्यालय पोषण कार्यक्रम अन्तरगतको केन्द्रिय निर्देशन अनुरुप गाउँपालिकालाई ५ कलस्टरमा विभाजन गरी प्रधानाध्यापक, स्वास्थ्य शिक्षक, स्वास्थ्यकर्मीलाई एक दिने अभिमुखिकरण गरिनेछ । उनले वर्षमा २६ हप्ता खाुवाउने २६ हप्ता छाडेर पुनः शुरु गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रम अन्र्तगत गाउँपालिकामा बसोबास गर्ने १० वर्षदेखि १९ वर्षसम्मका किशोरीलाई लक्षित गरी पहिला विद्यालयमा आउने सबैलाई खुवाउने र विद्यालय आउन छाडेकालाई पनि कुनै न कुनै तरिकाले कार्यक्रममा समेट्ने तयारी रहेकोछ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका थारु समुदायको अधिक बाहुल्यता रहेको गाउँपालिका हो । थारु समुदायमा ‘सिकलसेल एनिमिया’ एक प्रकारको रक्त अल्पता बंशाणुगत समस्या रहेको कारणले पनि कार्यक्रम सञ्चालनको लागि पहल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए ।

गाउँपालिकाको शिक्षा शाखा तथा स्वास्थ्य शाखासँग सहकार्यमा विद्यालयमा अध्ययनरत सबै किशोरीलाई रक्तअल्पताबाट जोगाउन फोलिक एसिड खुवाउने कार्यक्रमको शुरुवात गरिएकोछ ।