File Photo
नेपालगन्ज १८ फागुन : सरकारले आगामी वर्ष आसर १ गतेदेखि शैक्षिक शत्र शुरु गर्दैछ ।
दुई महिना ढिलो गरी शुरु भए पनि शैक्षिक शत्र भने चैत मसान्तमै सम्पन्न हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक शत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र सक्ने निर्णयमा सरकार पुगेको हो । यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्ने बताइएको छ ।
शैक्षिक शत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने केन्द्रले जनाएको छ । पाठ्यक्रमलाई केही घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ ।
कोरोनाका कारण बिग्रेको शैक्षिक शत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक शत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ ।