सरकार न्याय कहिले पाइन्छ ?


सरकार न्याय कहिले पाइन्छ ?

रमिला नेपाल

२०७५ साउन १० मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको अपराधमा संलग्न अझै पता लागेको छैन । सडक देखि सदनसम्म उनको न्यायका लागि आवाज उठेको थियो । उनका बाआमालाई काठमाडौं ल्याएर सडक प्रर्दशनमा सहभागी गराउने देखि उच्चस्तरीय न्याधिक संयन्त्रसम्म भेटघाट गराउने काम भयो । दोषी पता नलागेकाले पन्त परिवार मात्रै नभएर सारा बालबालिका नै पीडामा छन् ।

त्यसैले देशमा दिनप्रतिदिन बलात्कारका घटना क्रमहरू बढ्दै गएको छ । केहीसमय अघि भागरिथि भट्ट बलात्कारपछि मृत्यु भएको खबर ताजानै छ । निर्मला, भागरथि भट्ट जस्ता धेरै बालबालिका यौन पिपासुको सिकार भएका छन् । केही सार्वजनिक भए केही गुमनाम छन् । निर्मला , भागरथि त उदाहरण मात्रै हुन सरकार !

मलाई लाग्छ, म पनि बालिका वर्षौंदेखि बालबालिका क्षेत्रमा काम गरेँ कति बालबालिकालाई बालविवाह जस्ता अपराधबाट न्याय दिलाए । कतिलाई श्रमबाट । यो एउटा बालबालिका क्षेत्रबाट गरेको वा म बालिका भएर गरेको काम मात्रै हो । प्रश्न उठ्ने गर्छ राष्ट्रपति महिला भएको देशमा किन हिंसा बलात्कार जस्ता अपराध बढिरहेको छ ? मलाई लाग्छ आज निर्मला, भागरथी भट्ट जस्ता बालबालिका मात्रै बलात्कार भएर मर्नु परेको छ । के थाह अझै बालबालिका सिकार बन्छन् भन्ने मलाई डर लाग्छ । म पनि बालिका हुँ ।

Kids Festival 2022
kanti aarogya hospital

समाजमा छोरी मान्छे भए पनि छोरा जसरी हिँड्नु पर्छ भन्थे । तर, आँज कता–कता डर लाग्छ मलाई पनि केही हुन्छकी ? म पनि मर्नुपर्छकी भनेर । बसमा घर फर्किँदा, घरबाट स्कुल जाँदा धेरै डर लिएर हिँड्नुपर्छ । किनकि बलात्कार, हत्याका घटना दिनप्रतिदिन बढ्दै गएको छ । बस मौन छ मेरो सरकार, चुपचाप छ मेरो समाज ।

सरकार बिन्ती गर्छु, आजसम्म बलात्कृत भइ ज्यान गुमाएका बालबालिकालाई न्याय देउ । म जस्ता बालबालिकालाई तिमीहरू पनि समाजमा डराएर होईन, छोरा मान्छे जसरी छाति फुलाएर वा ढुक्क भएर हिँड्न सक्छौ भनेर बालिकामैत्री समाज र वातावरण बनाइदेउ । सुरक्षित महसुस गर्ने वतावरण बनाइदेउ ।

दिनहुँ हुने बलात्कार र हत्याका घटनाले हामी आक्रान्त भइसक्यौं । सरकार, म जस्ता धेरै बालबालिकाको आवाजलाई सुनिदिनु पर्यो । बालिका अधिकारका कुरा मात्र गरेर भएन । बालिकामैत्री वातवरण निर्माण गरिदिनुप¥यो ।

अनि म पनि ढुक्कसँग यो समाज र राष्ट्रियताको लागि निर्धक्क भएर हिँड्न पढ्न र काम गर्न सक्कौं । एउटा कोठामा बसेर होइन गाउँ समाज र बस्तीमा गएर बस्न सकौं सरकार ।

कत्ती सुन्नु यो शब्द अब त अत्ति भो ! यहाँ अनुहार हेरे र बालबालिका बलात्कार गरिन्छ अनि अपराध लुकाउन बालबालिकाकै घाँटी निमोठिन्छ । के थाहा ती अबोध म जस्ता बालबालिकालाई लामो र छोटो कपडा । जस्लाई लाज नबुझ्दै बलात्कार गरि निर्मम हत्या गरेर झाडीमा फालिन्छ । अब मान्दिन म यसरी निर्लज्जा बालबालिकाहरुप्रती गरिने नाङ्गो हिंसा, हत्या र बलात्कार, पहुँचका आधारमा आखिर यस्तै अपराधीलाई कहिलेसम्म पालिन्छ ? सरकार ।

के संविधानको धारामा ती पीडितहरुको पीडाको आसुँको धारालाई सम्बोधन गर्ने कुनै धारै नभएको हो ?
हैन भने कहिलेसम्म अपराधीको अपराधलाई टालिन्छ सरकार ?
कति बस्छौ टुलुटुलु हेरेर पीडितको बिक्षिप्त दृश्यहरु ?

तिम्रो कानूनको धारामा यदि न्याय मेटिएको छैन भने हजारौं पीडितलाई न्याय देउ, प्रमाण जुटाउने क्रममा ढिलाइ हुन सक्छ यसले पीडित पक्षलाई वा हामी बालबालिकालाई अन्याय भईरहेको हुन्छ ।

त्यसैले फास्ट ट्रयाकमा लगेर मुद्दा हेर्ने निरन्तर सुनावाई गर्नुपर्छ सरकार ? अनि मजस्ता बालबालिकाले उनीहरूको नाममा खुसियालीका साथ न्यायको दीप बाल्छन् । आशा छ सरकार न्याय हुन्छ । दोषिलाई कारबाही हुन्छ ।

लेखक : काठमाण्डौं काडाँघारि निवासी हुन् । उनी पूर्व बालक्लब अध्यक्ष हुन् ।